खेलाडीहरुको प्रबद्र्धन गर्ने उद्धेश्यले दाताहरुबाट खेल सामग्रीहरु प्रदान

0
1045

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९ स्थित नमूना युवा क्लबमा आवद्ध भई नियमित अभ्यास गर्ने खेलाडीहरुलाई शनिबार एक कार्यक्रमकोबिच खेल सामग्रीहरु प्रदान गरिएको छ ।

खेलाडीहरुको प्रबद्र्धन गर्ने उद्धेश्यले दाताहरु सुरुङ्गास्थित कोटीहोम पीसीआर ल्याबका इञ्चार्ज शान्तिराम पोखरेल र विर्तामोडस्थित हीमर्स एजुकेसन कन्सल्टेन्सीका सञ्चालकद्वय मनिष अधिकारी र रमेश लुँइटेलले खेलाडीहरुलाई उक्त सामग्रीहरु प्रदान गरेका हुन् ।

स्थानीय वडा खेलकुद विकास समिति र खेलप्रेमी कर्मासिंह गोम्देनको समन्वयमा प्रदान गरिएको सामग्रीहरुमा २० थान बुट, १४ थान जर्सी र एक थान ग्लोब्स रहेको समितिका संयोजक सुरेन राईले जानकारी दिए । त्यसैगरी विपन्न एवम् नियमित अभ्यासका लागि टाढाबाट आउने खेलाडी सञ्चिता कार्कीलाई दाताहरुबाट एक थान साइकल प्रदान गरिएको थियो ।

सोही कार्यक्रमको सन्दर्भमा खेलाडीहरुको नियमित अभ्यासको लागि सहयोग पु¥याउने उद्धेश्यले झापा जिल्ला फुटबल संघबाट चार थान, संघका सदस्य टेकराज तिलिङबाट दुई थान र स्थानीय भूवनेश्वर शिव पाञ्चायन आनन्द धामबाट दुई थानसहित जम्मा आठ थान फुटबल प्रदान गरिएको थियो ।

वडा खेलकुद समितिका संयोजक राईको अध्यक्षता र प्रदेश सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, झापा जिल्ला रेफ्रि संघका अध्यक्ष प्रदिपकुमार बस्नेत, दाता पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रहरी बिट सालबारीका हवल्दार उमेश श्रेष्ठ, नेकपा(एमाले) नगर कमिटीका सचिव लवकुश गौतम, युवा व्यवसायी नगेन बुढाथोकीलगायतको आतिथ्यता रहेको थियो । नगर सभा सदस्य मनोज तामाङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन समितिका सचिव धनबहादुर तामाङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here