ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि कारवाही

0
770

लहान, 

विगत एक महिनाको अवधिमा अस्थायी ट्राफिक प्रहरी पोष्ट गोलबजारले ट्राफिक नियम उल्लङ्घन गर्ने ८५० भन्दा बढी सवारी साधनलाई कारवाही गरेको छ ।

गत फागुन १ देखि २९ गतेसम्मका अवधिमा आफ्नो क्षेत्रबाट ८५० सवारी साधनलाई कारवाही गरी रु पाँच लाख १० हजार राजश्व सङ्कलन गरिएको छ । ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक सुरेशप्रसाद यादवले जानकारी दिनुभयो ।

ओभरलोड, प्रायोजन विपरीत प्रयोग भएका सवारी साधन, दुईजनाभन्दा बढी चढेका तथा हेल्मेट नलगाई चलाएका मोटरसाइकललगायत सवारी साधनलाई कारवाही गरिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here