धुलाबारी खानेपानीको २० औ साधारणसभा सम्पन्न

0
878
धुलाबारी, धुलाबारी खानेपानी तथा उपभोक्त समितिको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सोमबार पासाङ्ल्हामु स्मृति जेसीज प्रतिष्ठानमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर पालिकाका प्रमुख विमल आचार्यले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले आगामी एकवर्ष भित्र नगरका सवै नागरिकलाई खानेपानी पुर्याउने नगरको योजना रहेको बताए ।
खानेपानी संस्थाहरुले एकलरुपमा काम गर्दा आफ्नो क्षेत्रका सवै नागरिकलाई शुद्घ पिउने पानी पुर्याउन कठिन हुने भन्दै उनले मेचीनगरमा रहेका ४ वटा खानेपानीलाई नगरपालिकाले बनाएको सहलगानीको योजनामा हातेमालो गर्न अनुरोध समेत गरे ।
नगरप्रमुख आचार्यले हरेक दिन पानीको श्रोत सुक्दै गएकोले यसको दिर्घकालिन समाधानको लागि भरपर्दाे श्रोत पहिचान गर्नु पर्ने बताए ।
तत्कालको समस्या समाधानको लागि टिमाई नदिमा ड्याम बनाएर पानीलाई सुद्घिकरण गरेर पनि पानीको श्रोत व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।
‘भरपर्दाे दिर्धकालिन योजना निर्माणको लागि हामी सहलगानीको कार्यक्रममा हस्ताक्षर गर्ने तयारीमा छौँ’ उनले भने, ‘मेचीनगरका काँकरभिट्टा, धुलाबारी, चारआली तथा बाहुनडाँगी खानेपानी सहलगानीमा जोडिएपछि नगरका कुनाकुनामा खानेपानीको अभाव हुँदैन ।’
शुद्घ पिउने पानी नागरिकको नैसङ्र्गिक अधिकार भएकोले नगरपालिका त्यसतर्फ अघि बढेको उनको भनाइ छ । उनका अनुसार शुद्घ पिउने पानीको अभावकै कारण मानिसले धेरै रोगसँग संघर्ष गरिरहनु परेको छ ।
।कार्यक्रममा विशेष अतिथि नेपाली काँग्रेस जिल्ला उपसभापति तथा धुलाबारी खानेपानी उपभोक्ता समितिका संस्थापक अध्यक्ष राम कट्टेल, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोख्रेल, नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्ष पुष्प गुराँगाई, राप्रपा मेचीनगरका निवर्तमान अध्यक्ष सुशिल आचार्य, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ, कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, सामुदायिक बन उपभोक्त महासंघकी केन्द्रीय सदस्य संगिता थापा, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष हर्क फ्याक सुब्बा, धुलाबारी क्याम्पसका क्याम्पस प्रमुख पुष्पराज पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोहि अवसरमा संस्थाले खानेपानीका संस्थापक र कर्मचारीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
सम्मानित हुनेहरुमा संस्थाका संस्थापक अध्यक्ष राम कट्टेल, संस्थापक सचिव मणिकुमार उप्रेती, रोसनलाल अग्रवाल, दिलबहादुर खड्का, गणेशविक्रम नेम्वाङ, कर्णबहादुर श्रेष्ठ, दिनेश निरौला, सरस्वती सिटौला छन् ।
त्यसैगरी संस्थाले दुर्गादेवी शर्मा र मानबहादुर थापालाई मरोणप्रान्त सम्मान गरेको छ । उक्त सम्मान परिवारका सदस्यहरुले ग्रहण गरेका थिए ।
यस्तै संस्थाले अवकास प्राप्त कर्मचारी टंकप्रसाद चाँपागाई र स्वैच्छिक अवकास प्राप्त कर्मचारी भारती गौतमलाई नगदसहित सम्मान गरेको छ ।
धुलाबारी खानेपानी तथा उपभोक्त समितिका अध्यक्ष अजय घिमिरेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष चेतराज विष्ट (चेतन)ले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कञ्चन तामाङले गरेका थिए भने धुलाबारी खानेपानीको २५ औं रजत महोत्सवको अवसरमा खानेपानीको परिसरमा गौतम बुद्धको मुर्ति अनावरण गरेको हाम्रा सहयोगी सुमन बस्नेतले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here