झापा ।

झापाको बाह्रदशी गाउँपालिका ७ स्थित डाँगीवारी नजिकै भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका – ७ निवासी ३३ वर्षीया कमला राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा उनका श्रीमान ४८ वर्षीय सुशील राजवंशी घाइते भएका छन् । मृतक कमला राजवंशी उनका श्रीमान् सुशील मे ७ प ४९४१ नम्वरको स्कुटरमा सवार रहेकी थिइन् । उनी सवार स्कूटरलाई ना १ ख ९६२५ नम्वरको पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।उत्तरबाट दक्षिण तर्फ जाँदैै गरेका राजवंशी दम्पत्ती सवार स्कूटरलाई विपरित दीशाबाट जाँदै गरेको ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते सुशीलको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।






























