सताक्षी गोल्डकप यो सिजनमा नहुने

0
1113

विनोद सापकोटा
झापा।

कोभिडको त्रासका कारण झापाको शिवसताक्षीमा हुने सताक्षी गोल्डकप यो सिजनमा नहुने भएको छ ।

कोभिड र बजेट दुईवटै कारण देखाउदै आयोजक सतासीधाम स्पोटिङ्ग क्लवले चौथो संस्करणको सताक्षी गोल्डकप सिजनमा नहुने जानकारी दिएको हो । यो सिजन अर्थात चौथो संस्करणको सताक्षी गोल्डकप आयोजकले नहुने बताएपछि दर्शकले यो वर्ष फुटवलको प्यास मेट्टाउन नपाउने भएका छन् ।

सताक्षी गोल्डकपले पहिलो, दोश्रो र तेश्रो संस्करणको प्रतियोगिता आयोजना गर्दा अप्रत्यासित सफल्ता हात पारेको थियो । झापा, मोरङ्ग, ईलाम, सुनसरी र छिमकी भारतको वेष्ट बंगालका दर्शकले आयोजकलाई साथ दिएका थिए ।

प्रत्येक सिजनमा आयोजकले कम्तिमा ६० लाख रुपैयाँको आय व्यय सार्वजनिक गर्दे आएको थियो । स्थानीय सरकार गठन भएपछि आयोजकको आर्थिक संकट शिवसताक्षी नगरपालिकाले टारिदिने मात्र होइन प्रतियोगिताको अभिभावकत्व पनि ग्रहण गर्ने गरेको थियो । आयोजक समितिका उपाध्यक्ष फुर्वा तामाङ भन्छन, ‘बजेट त जसरी पनि पुग्थ्यो होला तर, कोभिडको त्रासले यो सिजनमा सताक्षी गोल्डकप आयोजना गर्न सकिँदैन ।’

आयोजकलाई राष्ट्रिय खेलकुद परिषदले पनि चिढ्याएको छ । गोल्डकपकालागि दिन्छु भनेको पैसा चन्दा माग्न गए जस्तो गरेर दुख दिने गरेको आयोजकको आरोप छ । ‘झापा काठमाण्डौ पटक पटक धाउदा पनि राष्ट्रिय खेलकुद परिषदले मोफसलका गोल्डकपलाई लोभ देखाएर दुख दिने गरेको छ,’ आयोजक समितिका एक सदस्यले भने ‘बाख्राका पाठालाई घाँस दिए झै गरेर राखेपले मोफसलका गोल्कपलाई लोभ्याउने तर पैसा नदिने गरेको छ । ’सताक्षी गोल्डकपको तेश्रो संस्करणमा राखेपले दिन्छु भनेको ३ लाखपनि आयोजकले हालसम्म पाएको छैन ।’

गोल्डकप नहुने भएपछि आयोजकले बेलैमा तयारी पनि गरेन । विगत तीन वर्ष देखी वर्षेनी झिलझिले उत्तरको गणेशमान शिहं अध्ययन प्रतिष्ठानको खेल मैदानमा गोल्डकपको तामझाम हुने गरेको थियो । स्थानीय खेलप्रेमी भन्छन ‘कोरोनाले यो वर्ष शुन्य मात्र होइन सताक्षी गोल्डकपको न्यास्रो भयो ।’
सताक्षी गोल्डकपको पहिलो संस्करणमा नेपाल पुलिसले उपाधी उचालेको थियो । दोश्रो संस्करणमा भने त्रिभुवन आर्मी च्याम्पियन बनेको थियो । तेश्रो संस्करणमा मछिन्द्र क्लव काठमाण्डौले उपाधी पोल्टामा पारेको थियो ।

यस्तै झापामा हुने अर्को सर्वाधिक पुरस्कार राशीको झापा गोल्ड कप पनि नहुने भएको छ । झापा गोल्ड कपको आयोजक ले पनि गोल्डकप नहुनुको मुख्य कारण आर्थिक स्रोत मात्र नभएर कोभिडलाई पनि देखाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here