तास खेलिरहेको अवस्थामा साढे तीन लाखसहित पाँचजना पक्राउ

0
466

झापा,

दमक नगरपालिका–१ हल्दार चोकबाट तास खेलिरहेका अवस्थामा पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मेनम राईको घरमा आइतबार राति तास खेलिरहेको अवस्थामा सोही ठाउँका ३२ वर्षीय सबिन राईसहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय दमकको टोलीले उनीहरुको साथबाट तीन लाख ४० हजार ५०० रुपैयाँ, आठ थान मोबाइल बरामद गरेको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here