विनोद सापकोटा,
धरमपुर ।

बुधबार विहान सवा ५ बजे शिवसताक्षी ९ दुधेका सामाजिक अभियन्ता सन्तोष थोप्रालाई एउटा फोन आयो । उनी निद्र्रामा थिए । सधंै कल आईरहने त होनि भनेर पहिलो रिङ उनले उठाएनन् । कसले गर्यो भनेर त्यो पनि हेरेनन् । दोश्रो पटक फेरी मोवाइलको घण्टी बज्यो । बिच्छौनाबाट जिउ तन्काउदै मोवाइल भएको ठाँउमा पुगे ।
उनले एकविहानै कसले के कामले फोन गरेछ भनेर मोवाइल हेरे । शिवसताक्षी नगरपालिका वडा नम्बर १ का ८२ वर्षीय दुर्गावहादुर घिमिरेले प्रयोग गर्ने नम्बरबाट फोन आएको रहेछ । उनले सोचे‘ पहिला बाथरुम जानुप¥र्यो अनि बुढालाई फोन गर्नुप¥यो ।’ बाथरुम पसेका बेला पनि फेरि त्यै नम्बरबाट फोन आयो । कुनै आपत पर्यो होला भनेर उनले फोन रिसिफ गर्दे भने, ‘अँ भन्नुहोस त बाजे ।’ तर, त्यो आवाज बाजेको नभएर अरु कसै दोश्रो व्यक्तिको रहेछ ।
मोवाइलमा कुरा गर्ने पुरुषले भने ‘सन्तोष सर तपाईको बाजे त, आज विहान ३ बजे वित्नु भयो ।’ उनी छाँगाबाट झरे झै भए । शुरुमा पत्याउन पनि सकेनन् । नभन्दै उनले बाजेकी छिमेकी समेत रहेकी शिवसताक्षी नगरपालिका वडा नम्बर ८ की कर्मचारी स्वरस्वती अधिकारीलाई घटनाको बारेमा क्रस चेक गरे । अधिकारीले पनि बाजे बितेको खवर दिईन थोप्रालाई ।
अभियन्ता थोप्रा घिमिरेसंग करिव १८ महिनादेखि जोडिदै आएका थिए । घिमिरे दम्पती स्थानीय ईन्द्रवहादुर महतराको जग्गामा छाप्रो हालेर बसाउने काम पनि उनै थोप्रा नेतृत्वको युवाको समुहले गरेको थियो । कोभिडले मुलुक लकडाउन भएका बेला थोप्राले विपन्न नागरिकको पहिचान गरी राहत वितरण गर्ने क्रममा नगरपालिकाकी कर्मचारी अधिकारीले सामाजिक अभिन्यता थोप्रालाई घिमिरे निवास सम्म पुर्याएकी थिइन ।
पहिलो पटक घिमिरे निवास पुग्दा थोप्रालाई निकै ठूलो पिडा भयो । घाम पानी नछेलिने छाप्रोमा करिव ३५ वर्ष फरक उमेरका दम्पतीले दिनरात कटाउनु परेको देख्दा उनको मन कुडियोे । ‘मानिसले धर्मका नाममा लाखौ अरर्वौ रुपैयाँ खर्च गर्छन, तर यस्ता दुखीलाई साथ र सहयोग कसैले गर्देनन्,’ उनले भने, ‘कमसेकम आत्माले मागेजती खान, एकसरो आङ छोप्ने गरि लुगा लगाउन र घाम पानी छेकीने घरमा सुरक्षित साथ बस्ने व्यवस्था मिलाईदिनु पर्यो ।’
घिमिरेका आफन्त नजिकै कोहि छैनन् । आफन्त भनेकै छिमेकी हुन । अर्का आफन्त भनेर थपिए सामाजिक अभियन्ता सन्तोष थोप्रा । डेढ वर्ष अघि घिमिरे दम्पती बस्नका लागि घाम पानी नपस्ने छाप्रो बनाईदिए । पेटभरी खान खाद्यन्न, सागसाज्जी किनेर खोने पैसा, लत्ता कपडा किनेर दिए । उनले औषधि मुलो पनि आवश्यक परेको बेला गरिदिए । यसको विकल्पमा घिमिरेले सामाजिक सुरक्षा भत्ता पनि नेपाल सरकारबाट पाउँथे । उनले पाएको पैसाले घिमिरे दम्पतीको मासिक खर्च नपुगे सामाजिक अभियन्ता थोप्रा ले थपिदिन्थे ।
घिमिेरे दम्पतीले थोप्रालाई छोरो ठानेका छन । उनिहरुले आफ्नो कोखबाट जन्म नदिएपनि उनकी आमा असाध्यै भाग्यमानी रहेको बताए । ‘घरमा सन्तोष पस्दा पीडा भुलिने गरेको छ,’ घिमिरे पत्नी निर्मला उप्रेतीले भनिन् ।
घिमिरे दम्पती दुई दसकदेखी धरमपुर क्षेत्रमा बस्ने गरेका थिए । करिव ८ वर्षदेखी हालको शिवसताक्षी नगरपालका वडा नम्बर १ मा महतराको जग्गामा छाप्रो हालेर बस्ने गरेका थिए । स्थानीयका अनुसार संखुवासभाबाट मधेस झरेदेखीनै घिमिेरे दम्पतीको अवस्था दयनिय थियो । उनीहरुका आफन्त दाजुभाई भने धर्मदेवी नगरपालिका वडा नम्बर ४ संखुवासभामा छन् ।

घिमिरेले आफ्नी श्रीमतीलाई पनि भनेका थिएनन् । एकजना छिमेकीलाई भनेका रहेछन्, ‘म मरेपछि मलाई आर्थिक अभावकै कारण चिहानमा नराख्नु है । सन्तोषलाई भनेर भएपनि दाहकर्म गरिदिनु ।’ सन्तोष मेरो छोरो हो । उनिहरुको संस्कार शव जलाउने नभएपनि मेरो अन्तिम संस्कार दाहकर्म गर्न भनिदिनु ।’
विहान सामाजिक अभियन्तालाई फोन गर्ने पनि उनै छिमेकी रहेछन् । ‘घिमिरे बा बित्नु भयो । मलाई सन्तोषलाई भनेर भएपनि मेरो शव अग्नि संस्कार गरेर मात्र अन्येष्टी गर्नु भन्नु भएको थियो । त्यसैका लागि मैले ‘बा’ को नम्बरबाट फोन गरेको हुँ ।’
बुधबार विहान उनले भने जस्तै भयो । गाँउलेले नजिकै खाल्डो खनेर उनलाई समाधी बनाई राख्न खोजेका रहेछन् । उनि घिमिेर निवास पुगे । सबै काम गर्न उनले सघाए । घिमिरेको अन्येष्टी कनकाई नदिमा अग्नि संस्कार गरेरै गर्ने उनले अडान लिए । अन्येष्टी गर्न जति रकम लाग्छ उनले व्यहोर्ने भए । स्थानीय गाँउलेले पनि केहि रकम जुटाए । २ सय बढी मलामी थिए । उनको ईच्छा अनुसार बुधबार विहान कनकाई नदिको पश्चिम तटिय क्षेत्रमा हिन्दु परम्परा अनुसार अन्त्येष्टी भयो । मृतकको दशगात्र कर्म भतिजा केशव घिमिरेले गर्देछन् ।
हिन्दु परम्परा अनुसार काजक्रिया गर्दा लाग्ने खर्च नहुँदा घिमिरे पत्नि निर्मला पिरोलिन थालेकी छन् । ‘मानिस जन्मिए देखि मरणोपरान्त सम्म पैसा लाग्छ । गरिब हुन नपाउने यो कस्तो पिडा हो,’ उनले भनिन् । गरिबीकै कारण लोग्नेको ईच्छा अनुसार काजक्रिया पनि गर्न नसक्ने भए । बाचुञ्जेल पनि अरुले दिएको दान थापेर बिहान बेलुकाको हातमुख जोड्थे । अब मरेपछि पनि हात थाप्नुको म संग बिकल्प छैन,’ उनले नाट्यकार वाल्कृष्ण समको भनाई उध्रित गर्दे भनिन् ‘दुःखीको घरमा मात्र तेरो बास हुने भए , हे ईश्वर दया राखी मलाई अझ दःुख दे ।’






























