सहिद राजनको सम्झनामा वीरता जेसीजद्वारा सम्मान

६ बैशाख २०७८, सोमबार मा प्रकाशित

बिर्तामोड ।

झापाली दुई सपुतले सहादत प्राप्त गरेको दिन वैशाख ६ मा विभिन्न कार्यक्रमहरु भएका छन् । सहिद सुरज विश्वास र राजन गिरीको १५ औं स्मृति दिवस झापामा विविध कार्यक्रम गरी मनाइएको हो ।

२०६२ ६३ को दोस्रो जनआन्दोलनका क्रममा आजकै दिन झापाको सदरमुकाम चन्द्रगढीमा नेपाली सेनाको गोली लागेर सहादत प्राप्त गरेका सहिद सुरज विश्वास र राजन गिरीले देशका लागि बलिदान दिएका थिए ।

यसैबीच वीरता जेसीजको आयोजनामा शहिद राजन गिरीको स्मृतिदिवसको अवसरमा शहिदका माता पिता र परिवारलाई सम्मान गरिएको छ । वीरता जेसीजका अध्यक्ष जेसी राजिव धिमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल रेडक्रस सोसाईटी उपशाखा बिर्तामोडका सभापति सजेस शिवाकोटी रहेका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी , नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी ,सहिद राजन गिरी प्रतिस्ठानका अध्यक्ष लीलाबहादुर कट्वाल लगायतको आथित्य रहेको थियो ।

कार्यक्रममा आर्थिक बिपन्न पाँच परिवारलाई खाद्यान्न वितरण गरिएको र सहिद राजन गिरीको शालिकमा माल्यअर्पण गरी सहिदका माता पितालाई सम्मान पत्रद्वारा सम्मान गरीएको थियो ।

वीरता जेसीजका कोषाध्यक्ष दिवाकर प्रसाईले जेसीज आस्थावाचन गरेकोमा कार्यक्रमको संयोजक कुशल खतिवडाले गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव लोकचन्द्र श्रेष्ठले गरेको कार्यालय सचिव सञ्जय राजवंशीले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here