ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

८ बैशाख २०७८, बुधबार मा प्रकाशित
  • 438
  •  
  •  
  •  
  •  
  •  
    438
    Shares

झापा।

झापाको मेचीनगर नगरपालिका–१३ चारआली चौक स्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मंगलबार राती पश्चिमतर्फ जाँदै गरेको को २८ प ८८९१ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको मे १ ख८११ नम्बरको ट्रकले ठक्कर दिई दुर्घट्ना भएको थियो ।

सो दुर्घटनाबाट मोटरसाईकल चालक मोरङ पथरीशनिश्चरे नगरपालिका–९ का २१ बर्षीय प्रवेश बयलकोटी घाईते भई उपचारको लागि बिर्तामोड स्थित बीएण्डसी हस्पिटलमापु¥याउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाईकल पछाडी सवार सोही स्थान बस्ने २२ बर्षीय सागर लिम्बू सामान्य घाईते भई मनकामना अस्पताल चारआलीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक र चालक झापा अर्जुनधारा २ का ५६ बर्षीय सुमन दनुवार प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here