इलाम ।

इलामको माई नगरपालिकामा ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण शूरु गरिएको छ ।
माई नगरपालिका वडा नम्बर–७ की ८९ बर्षिय ज्येष्ठ नागरिक धनमाया थापालाई परिचयपत्र वितरण गर्दै मेयर दिपककुमार थेबेले शिविरको उद्घाटन गर्नु भएको हो ।

६० बर्ष माथिका सबैलाई प्रदान गरिने शिविरमा बुधबार माई–७ का ७५ जनालाई वितरण गरिएको महिला तथा बालबालिका शाखाकी महिला विकास निरीक्षक जमुना पौडेलले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिक परिचयपत्र वितरण शिविर माईका दशवटै वडामा आगामी बैशाख २३ गते सम्म सन्चालन रहने प्रशासन शाखा प्रमुख नविनकुमार पौड्यालले जानकारी दिनुभयो ।






























