झापा।

झापाको भद्रपुर नगरपालिका–९ चन्द्रगढी सामुदायिक बन कार्यालय अगाडी सडक खण्डमा ट्रकको ठक्करबाट सिटी सफारी यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थान कि ७५ बर्षीया गायत्रीदेवी प्याकुरेल रेहेकी छिन् । बिहीबार बिहान साढे ९ बजे भद्रपुरबाट चारआली तर्फ जाँदै गरेको मे १ क २६७ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको मे१ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार गायत्रीदेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्रक, सिटी, सिटी चालक नियन्त्रणमा रहेको र ट्रक चालक फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।





























