झापामा निषेधाज्ञा थप कडा

0
957

झापा,

झापा जिल्लामा निषेधाज्ञालाई थप कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा शनिवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डिसीसीएमसी बैठकले निर्माण सामग्री बोक्ने सवारीसाधनलाई पनि समय तोकेपछि निषेधाज्ञा थप कडा पारिएको हो ।

बैठकले निर्माण सामग्री बोक्ने टिपर, ट्याक्टर लगायत अन्य सवारीसाधनलाई बिहान ६ बजेदेखि बिहान १० बजेसम्म र बेलुका पनि ६ बजेदेखि राती १० बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । वैशाख १९ गते लगाइएको निषेधाज्ञामा ती सवारीसाधनलाई चौबीसै घण्टा सञ्चालनका लागि अनुमति दिइएको थियो । अब भोलि आइतबारदेखि ती सवारीसाधनमाथि पनि कडाइ गरिने प्रजिअ तिमिल्सिनाले बताए ।

त्यस्तै, बैठकले काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने नेपालीका लागि नयाँ बसपार्क क्षेत्रमा होल्डिङ सेन्टर बनाउन जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । एम्बुलेन्स, शव वाहनलगायत अन्य कुनै पनि सवारी साधनहरूले तोकिएको भन्दा बढी भाडा असुली गरिएको पाइएमा कडा कारबाही गर्ने निर्णय गरिने समेत निर्णय गरेको छ । झापामा वैशाख ३१ गते मध्यराती १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here