२०७८ साल वैशाख ३० गतेको राशिफल

0
724

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बेलामा होस नपु¥याउँदा केही समस्या झेल्नुपर्ला । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ । सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ । सुखद् समाचारले उत्साह जगाउनेछ । मेहनतले सम्मानित स्थान दिलाउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – बौद्धिक कार्यबाट दिगो लाभ उठाउन सकिनेछ । आर्थिक गतिविधिले फाइदा दिनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । प्रेम र मित्रताको बन्धन समेत कसिलो हुनेछ । व्यवसायमा मनग्गे धनलाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – अर्थ अभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । दोहो¥याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । टाढाका साथीभाइले काममा साथ दिनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – पछिका लागि केही वस्तु त्याग्नुपर्ला । केही खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । मेहनत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here