मर्डिङ वाकमा जाँदा जंगली हात्तीको आक्रमणबाट ज्यान गयो

0
543

झापा, जंगली हात्तीको आक्रमणबाट झापामा एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका ३ निवासी ४५ वर्षीया जीत वहादुर खोयाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई आज विहान ५ वजे जंगली हात्तीले आक्रमण गरेको थियो । जंगली हात्तीको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
विहान मर्डिङ वाकमा निस्किएका खोयाङलाई २१ नम्वर वाहिनी अड्डाको पश्चिम तर्फको जंगलमा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here