झापा ।
मोरङको सुन्दरहरैचा नगरपालिका–३ का ४० बर्षीय बिष्णु ऋषिदेवको हत्या भएको छ ।
शुक्रबार बिहान घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा भेटिएका ऋषिदेवको स्थानीय २३ बर्षीय पुजन राईले बाम्फोकले हानेर हत्या गरेको पाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीले राईलाई आजै पक्राउ गरेको जनाइएको छ ।
बिहान ६ बजे घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा सुतेकै ठाउँमा ऋषिदेव मृत भेटिएको जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राईले धारिलो हतियार बामफोकले घाँटीमा प्रहार गरी ऋषिदेवको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।






























