परोपकारी काममा जिल्ला सहकारी संघ: झापामा सुरु भयो ‘हाम्रो सहकार्यबाट सम्भव छ अभियान’

0
1015

झापा, नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड– १९) को संक्रमण बढीरहेका बेला जिल्ला सहकारी संघ झापाले परोपकारी कार्य शुरु गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत सहकारीमा आवद्ध आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य तथा सामाजिक विकास कोष निर्माण गर्दै कोभिड १९ को जोखिम नियनत्रणका लागि आवश्य सबैखाले कार्यक्रम सञ्चालन शुरु गरेको छ । जसका लागि कोषमा सहभागीता जनाउन सबैलाई आह्वान समेत गरेको संघका अध्यक्ष गणेश ढकालले बताउनुभयो । मानवीय संकटका बेला समेत आवश्यक सहयोग गर्दै आएको संघले कोभिड १९ का कारण मुलुक आक्रमन्त बनेको समयमा समेत सहकारी अभियानले कोष स्थापना गर्दै स्वास्थ्य सचेतना, पीसीआर परीक्षण, आर्थिक सहयोग, सदस्य जागरण तथा सेवा लगायतका क्षेत्रमा काम गर्ने बताइएको छ ।

संघका अध्यक्ष ढकालका अनुसार नेपाल सरकार,राष्ट्रिय सहकारी महासंघ, प्रदेश सहकारी संघ, र स्थानीय सरकार लगायत सरोकर निकायको सहयोग र समन्वयमा कोष निर्माण गरिएको हो । एक करोड रुपैयाँ भन्दा माथिको कोष निर्माण गर्दै सहकारी संघ संस्थासंग सम्वन्धित सञ्चालक, कर्मचरी र सदस्यलाई लक्षित गरी सामाजिक गतिविधि सञ्चालन गर्ने अभियानको लक्ष्य रहेको अध्यक्ष ढकालले बताउनुभयो ।


झापा जिल्ला सहकारी संघको अभियानमा सहकारी संस्थाका सञ्चालक, कर्मचारीहरुको पीसीआर परीक्षण, एक्स–रे सेवा, कोभिड लागेमा औषधि, र पौष्टिक आहार, फ्रन्ट लाइनमा काम गर्ने सुरक्षा निकाय र पत्रकारलाई सहयोग गर्ने, स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने, अकिसजन बैंक स्थापनामा सहयोग गर्ने, मेची प्रादेशिक अस्पतालमा हेल्प डेस्क स्थापना गर्न सहयोग गर्ने र सहकारी सामुदायिक अस्पतालको आवश्यकता महसुस गरिएकाले सामुदायिक अस्पताल निर्माण गर्ने लक्ष्य लिइएको छ ।
सहकारीले ‘हाम्रो सहकार्यबाट सम्भव छ अभियान’ नामाकरण गर्दै कोष निर्माण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here