प्रदेश प्रमुख अधिकारीको शुभकामना सन्देश

0
745

विराटनगर,

प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले गणतन्त्र दिवसको शुभ अवसरमा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, आत्मसम्मान एवं मानवअधिकारको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि अदम्य साहसका साथ विभिन्न चरणका आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि तथा श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

प्रदेशप्रमुखको कार्यालयद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ, “आमूल परिवर्तनका निम्ति गरिएको आन्दोलनको समयोचित नेतृत्व प्रदान गर्ने दूरदर्शी नेता तथा आन्दोलनमा बेपत्ता हुनुभएका नागरिक र उहाँहरुका पीडित परिवारप्रति सम्मान पनि व्यक्त गरिएको छ ।’

वीर, अमर, त्यागी, कर्मनिष्ठ र भविष्यद्रष्टा शहीदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै मुलुकको आर्थिक, सामाजिक रुपान्तरणसहित आम जनताको जीवनस्तर सुधार गर्नुपर्ने आजको आवश्यकता रहेको सन्देशमा उल्लेख गरिएको छ ।

यही लक्ष्यका साथ आजको नेतृत्व आगाडि बढ्नुपर्छ, यही लक्ष्य प्राप्तिका लागि गठन भएको वर्तमान सरकारका तीन तहकै सरकारले आ–आफ्नो क्षेत्रमा अत्यन्त जवाफदेहीतापूर्ण ढङ्गले लाग्नुपर्ने कुरा शुभकामना सन्देशमा प्रमुख ‘प्यासी’ले उल्लेख गर्दै गणतन्त्र प्राप्तिको आन्दोलनमा जनताले देखाएको उत्साहको सम्मान गर्नुभएको छ ।

उहाँले वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रका जनताका आवश्यकतालाई मर्मज्ञ बनी समाधानको दिशातर्फ लम्कनुपर्ने भन्दै सन्देशमा सबैले एक ढिक्का भएर आजको आवश्यकतालाई पूरा गर्न हरेक अप्ठ्यारासँग भिड्ने र समाधानको दिशातर्फ उन्मुख हुँदै रचनात्मक परिणाम ल्याउन सबै देशवासीलाई आग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here