झापामा निषेधाज्ञा उल्लघन गर्ने ३५३३ सवारी कारबाहीमा

0
1102

नरेन्द्र ढकाल,
झापा ।

जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेपछि निषेधाज्ञा उल्लघन गर्ने साढे तीन हजार सवारी कारबार्हीमा परेका छन् । कोरोना भाइसरको दोस्रो लहर शुरु भएसंगै झापामा गत वैशाख १९ गतेबाट निषेधाज्ञा शुरुभएको थियो । प्रशासन कार्यालय असार ७ गतेसम्मका लागि पटक–पटक गरेर निषेधाज्ञा लम्बियाएको छ ।

झापामा कोरोना संक्रमितको संख्या र मृत्युदर बढ्दै गएपछि निषेधाज्ञा जारी गरेर नागरिकलाई सुरक्षित रुपमा घरमै बस्न आग्रह गर्दै आएको छ । निषेधाज्ञामा अत्तिआवश्यक सवारी साधनबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइएको थियो । तर, निषेधाज्ञा उल्लघन गर्ने सवारीलाई कारबार्ही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाँईले जानकारी दिए ।

प्रशासन कार्यालयले बनाएको मापदण्ड पालना नगर्ने सवारीलाई कारबार्ही गरिएको बताइएको छ । गत वैशाख ११ गतेबाट असार ५ गतेसम्ममा तीन हजार ५३३ वटा सवारी कारबार्हीमा परेको प्रहरी निरीक्षक चापागाँईले बताए । कारबार्हीमा पर्नेमा ट्रक–८६१, टिपर–१५१, बस–१०५, कार–जीप–४१७, ट्याक्टर–३०९, मोटरसाइकल–१२९४, टेम्पो–अटो–२९७ र अन्य–९९ बाट सवारी कारबार्हीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । उक्त सवारी कारबार्हीबाट २३ लाख ८७ हजार पाँच सय रुपैंया राजश्व संकलन भएको प्रहरी निरीक्षक चापागाँईले बताए ।

ट्राफिक प्रहरीले निषेधाज्ञाको समयमा अनावश्यक रुपमा हिडडुल नगर्न आग्रह गर्दै नागरिकलाई सचेत गराएको थियो । निषेधाज्ञा उल्लघन गर्नेलाई कारबार्ही गरेर सेचत गराइएको बताइएको छ । झापाका दमक, बिर्तामोड, भद्रपुर, कांकरभिट्टा लगायतका शहरहरुमा निषेधाज्ञा उल्लघन गर्ने रहेका बताइएको छ ।

ट्राफिक नियम मात्र होइन रोग विरुद्ध पनि सचेतना–

कोरोना भाइरसको दोस्रो लहर देखापरेसंगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले मास्क नलगाई यात्रा गर्ने यात्रुहरुलाई सचेत गराउदैं मास्क वितरण ग¥र्यो ।

ट्राफिक नियम उल्लघन गर्नेलाई कारबार्ही गर्ने ट्राफिक प्रहरी मास्क नलगाई हिड्ने पैदल यात्री तथा सवारीमा सवार रहेका नागरिकलाई मास्क वितरण संगै कोरोना भाइरसबाट अप्नाउनु पर्ने सावधानीका विषयमा समेच सचेत गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक याम खड्काले बताए ।

उनले विभिन्न संघ–संस्थासंगको सहकार्यमा सडकमै सचेतना मुलक कार्यक्रमका साथै मास्क वितरण गरिएको जानकारी दिए ।

११ महिनामा ८७ जनाले ज्यान गुमाए

झापाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ११ महिनामा ८७ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७७/७८को साउन १ गतेदेखि जेठ मसान्तसम्मा ६९ पुरुष, १२ महिला तथा ६ जना बालबालिका गरी ८७ जनाले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लाका मुख्य राजमार्ग तथा सहायक मार्गहरुमा भएको दुर्घटनामा उनीहरुले ज्यान गुमाएका हुन् । अधिकांश दुर्घटनामा मोरटसाइकल रहेको बताइएको छ । तिब्र गति, चालकको लापरबार्ही लगायतका कारण रहेका ट्राफिक प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here