पोखरीमा डुबेर एक जनको मृत्यु

0
515

झापा ।

झापाको भद्रपुर नगरपालिका–९ पोकापाडाका ६५ बर्षीय धनसिंह राजवंशीको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।

शुक्रवार दिउँसोदेखि हराइरहेका राजवंशी शनिबार विहान सोही स्थानकै माछा पोखरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।

उनको शव प्रदेश नम्बर १ को विपद् व्यवस्थापन कार्यालय चन्द्रगढीबाट र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पोखरीबाट निकालेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here