दुई करोड ३५ लाख राजश्व सङ्कलन

0
776

लमजुङ,

सवारी नवीकरण तथा जाँचपास, रुट परमिटबाट रु दुई करोड ३५ लाख ६ हजार ७७ राजश्व सङ्कलन भएको छ । पूर्वधार विकास कार्यालय लमजुङको यातायात शाखामा विसं २०७७ असोज ४ गतेदेखि स्थापना भएयता जेठसम्म उक्त राजश्व सङ्कलन भएको हो ।

उक्त राजश्वमध्ये सवारी साधन करबाट रु दुई करोड एक लाख ८९ हजार ७२२ राजश्व सङ्कलन भएको यातायात शाखाका कम्प्युटर अपरेटर शशि न्यौपानेले बताउनुभयो । त्यस्तै उहाँका अनुसार रुट परमिट नवीकरणबाट रु तीन लाख ३८ हजार ६०० राजश्व सङ्कलन भएको छ भने सवारी जाँचपास, नवीकरण, बिलबुकबाट रु नौ लाख ८२ हजार ३५५, सवारी आयकारबाट रु १५ लाख ११ हजार ४०० र अन्य प्रशासनिक सेवाबाट रु चार लाख ८४ हजार राजश्व सङ्कलन भएको छ ।

त्यस्तै शाखाबाट जम्मा दुई हजार ३८० सवारी नवीकरण गरिएको छ । त्यस्तै ११४ वटा रुट परमिट नवीकरण गरिएको छ । एक सय १६ वटा सवारी जाँचपास भएको छ । मोटरसाइकल एक हजार ८९१, ट्र्याक्टर १३३, निजी पिकअप ४९, मिनी ट्रक १६, भाडा पिकअप ७९, निजी जिप ३१, भाडाबस मिनीबस ५०, निजी कार ५७, भाडा जिप १४, भाडा टिपर १४ नवीकरण भएको उक्त कार्यालयले जनाएको छ ।

त्यस्तै एक्साभेटर पाँच, निजी बस १०, भाडा ट्याक्सी १५, सरकारी मोटरसाइकल स्कुटर सात, सरकारी कार जिप भ्यान तीन, निजी ट्रक एक, एम्बुलेन्स नौ, अन्य सवारी तीनवटा सवारी नवीकरण गरिएको उक्त शाखा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लावासीलाई यस शाखा स्थापना हुनुअघि पोखरा जानुपर्ने बाध्यता रहँदै आएको थियो । जिल्लामै यी सुविधा भएसँगै यहाँका सेवाग्राहीले सेवा लिन थालेपछि करसमेत बढ्न थालेको शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here