कोरोनासँग जुध्न ध्यान र योग

0
837

ध्यान भनेको सजकतापूर्वक केही नगरिकन विश्राम गर्ने कला हो । आँखा बन्द गरेर आफ्नो अन्तरमनभित्र नियाल्नु हो । आफ्नो मनभित्र विभिन्न किसिमका कुराहरु आइरहन्छन् । ती तरङ्गहरुले मनलाई भारी भएको महशुस गराउँछ । हाम्रो मनमा असंख्य विचारहरु आइरहन्छन् । ती विचारहरुले गर्दा आफ्नो मनमा तनाव र चिन्ता गराउँछ । यी र यस्ता कुराहरुबाट बच्न ध्यान गर्न आवश्यक छ ।

ध्यानले हामीलाई मनमा ऊर्जा दिन्छ । ध्यान गर्नाले हामी सकारात्मक र हाम्रो जीवन सजकता बनाउन मद्दत गर्छ । ध्यान निरन्तर गर्नाले हामीभित्रको प्राणशक्ति बढाउँछ । विश्व स्वास्थ संघ–संगठनका अनुसार मान्छेहरु विपरीत किसिमले श्वास फेर्दछन् । ध्यानको निरन्तर अभ्यासले हाम्रो श्वासको गति पनि मिल्दै जान्छ । मनको स्तरमा बलियो हुन्छौ । मनोरोगहरु पनि हटेर जान्छ । तनाव, चिन्ता, भय, उदासीनता हट्छ । मनको स्तरमा शक्तिशाली भएर जान्छ । ध्यानको अभ्यासले गर्दा आफूलाई धेरे फाइदा गर्छ । र, त्यसको वरिपरि वातावरणलाई पनि सकारात्मक ऊर्जा दिन्छ । दिवंगत भएका मान्छेहरु सम्झेर एक मिनेट किन मौनधारण गरिन्छ । किनकि तिनीहरुको मृतआत्माहरुले समेत शान्ति पाउँछन् । त्यो भएर मौनधारण गरिएको हो । हामी आठ घन्टा सुत्दा जति विश्राम हुन्छ त्यति नै बीस मिनेटको ध्यानले गर्दा आउँछ ।

दैनिक ध्यान गर्नाले जीवनमा ज्ञान बढेर जान्छ । हामी प्राकृतिक खुशी पाउँछौं । हामी जुन जीवनमा बाँचिरहेका हुन्छौ, त्यसको गुणा बढ्छ । ध्यानको माध्यमबाट सजिव निर्जीव प्रकृतिमा भएका सबै वस्तुसँग प्रेमको भावले हेर्न थाल्छौं । हाम्रो बोल्ने शैली, सोच्ने तरिका जीवनको प्रकृति मै फरक आउँछ । मैले यो सबै आफ्नै अनुभवमा लेखेको हुँ । किनकि मैले आर्ट अफ लिविङबाट ध्यान गर्ने कला सिकेको हो । र, म आफ्नो जीवनबाट असाध्यै खुशी छु ।
मलाई योग, ध्यान, आध्यात्मतिर बाटो देखाउने आर्ट अफ लिभिङका प्रशिक्षक सञ्जय शिवाकोटीप्रति हार्दिक आभार प्रकट गर्दछु । हामी सबै नुहाउँछौ त्यो सबैलाई थाह नै त्यो त शरीरको लागि हो, मनको लागि ध्यान हो । ध्यानले पवित्रता ल्याउँछ । भावचित्त शुद्ध गर्छ । मन गह्रौबाट हलुकापन बनाउँछ । हामीभित्रबाट खाली महशुस गर्दछौं । जीवनमा ध्यान सँगसँगै ज्ञानमा पनि जोडिन पुग्दछौं ।

हाम्रो जीवन पनि सकारात्मक भएर जान्छ । प्रायः गरेर मान्छेहरु बेहोसमा बाचिरहेका हुन्छन् । तिनीहरुलाई जीवनको मूल्य, अर्थ थाहै नै हँुदैन । उनीहरु अज्ञानता मा बाचेका छन् । ध्यानले ज्ञान दिने हो । हाम्रो जीवन फूल जस्तै मुस्काउन सक्छ । बेहोसीबाट होसमा ल्याउने काम गर्छ । अज्ञानताबाट ज्ञानमा फर्काउँछ । मन, विचार, भाव शुद्ध हुँदै हाम्रो जीवनलाई पवित्र बनाउँछ । हामी किन बाँचिरहेका छौं भन्ने बोध गराउँछ । जीवनमा कृतज्ञता अनुभूति बढ्दै जान्छ । मैले यो लेख लेख्दा म धेरै कृतज्ञ भएको थिएँ ।

जीवनमा ध्यान, योगको धेरै नै महत्व छ । म शब्दमा भन्न सक्दिनँ । ध्यान भन्नु नै जीवनमा सजकता ल्याउनु हो । हाम्रो जुन चेतना छ । त्यसलाई अझै जागृतमा ल्याउँछ । हामीभित्रबाट नै खुल्दछौं । हाम्रो जीवन अझै सहज र सरल बनाएर अघि बढ्न सक्छौं । ध्यान नै ज्ञान हो । चेतना हो । मानौ सबथोक हो । हामीभित्र रहेका प्रतिभाहरु फस्फुटन भएर निस्कन्छ । हाम्रो चेतना र प्रतिभा अझै विकसित भएर आउँछ । त्यसैले ध्यान गर्न धेरै आवश्यक रहेको छ । अहिलेको विषम् परिस्थितिमा कोभिडले मानिसको मन, मष्तिस्कभित्र डर, त्रासले डेरा जमाएको छ । मानिसहरु मानसिकरूपमा तनावग्रस्त भएको देखिन्छ । के होला ? कसो होला एउटै मात्र विचार बारम्बार आइरहेने हुँदा मानिसहरु डिप्रेसनको शिकार समेत भएको देखिन्छ । कोरोना कालदेखि यता मानसिक स्वास्थको लागि ध्यान गर्न अति आवश्यक रहेको देखिएको छ । स्वस्थ शरीर, शान्त मनको लागि योग, ध्यानको महत्व बढेको हो ।

कोरोना र योग

विश्वभर अहिले कोरोना भाइरस कोभिड – १९ को महामारी छ । यस्तो बेलामा आममानिसमा दुई किसिमको समस्याहरू उत्पन्न भएका छन्– शारीरिक र मानसिक । शारीरिकरूपमा यदि कोही कोरोना संक्रमित भयो भने योगले के भूमिका खेल्न सक्छ ? कोरोना संक्रमण हुनुअघि र संक्रमित भइसकेपछि ? हरेक दिन योग गर्दा हाम्रो शरीरको रोगप्रतिरोधक क्षमता प्रणाली बढ्छ, जुन भाइरससँग लड्न मद्दत गर्दछ । तसर्थ, यदि कसैलाई कोरोना भाइरस छ र यदि हामी तिनीहरूसँग खुलासा (आमने सामने) हुन्छौं भने योगासन नगर्नेहरूको तुलनामा दैनिक योग अभ्यास गर्ने व्यक्तिहरूमा छिटो स्वस्थ हुने सम्भावना बढी हुन्छ । त्यस्तै, यो सामान्य ज्ञान हो कि तनावले रोगप्रतिरोधात्मक शक्तिलाई कमजोर बनाउँछ । योगाभ्यासले तनावमुक्त बनाएर अन्ततः शारीरिकरुपमा बलियो बनाउँछ अर्थात् व्यक्ति मानसिकरुपमा शक्तिशाली हुन्छ ।

लकडाउनका कारण हामी घरमा सिमित भएका छौं । अब के हुन हो ? कोरोना महामारीसँग कहिलेसम्म सामना गर्नुपर्ने हो भन्ने अनिश्चितताले मानसिक तनाव, बेचैनी र चिन्ता बढेको छ । त्यस्तो अवस्थामा योगले तनावमुक्ति, सकारात्मकता तथा मनमा दृढ आन्तरिक शान्तिले बच्ने उपाय दिन्छ ।

कोरोनाकालमा ध्यान

नेपालमा अहिले कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । अर्थतन्त्र विकासको पाटोलाई नकारात्मक असर गरे पनि हाल जारी निषेधाज्ञाले विभिन्न पेशा, व्यावसायमा रहेका मानिसहरूलाई व्यस्त दैनिकीबाट छुटकारा दिएको छ । यतिबेला हामीलाई सकारात्मक सोच, संयमता र धीरताको थप खाँचो छ । घर बाहिर जाऔं प्रहरीले कारवाही गर्छ भन्ने डर घरभित्र बसौं निरन्तरको एउटै दैनिकीले मनलाई नै पट्यार लाग्दो बनाएको हुन्छ ।

यस्तो अवस्थामा ध्यान गर्नका लागि हामीलाई उत्तम समय रहेको छ । खाली समयमा हामीले ध्यान गरेर शरीर र मनलाई स्वस्थ राख्न सक्छौं । फिल्म हेर्ने, मोबाइल चलाएर गेमहरू खेल्ने र विभिन्न साइट खोलेर अनावश्यक कुराहरू हेर्दा त्यसले हाम्रो मन–मष्तिस्कमा नकारात्मक असर पार्छ । यी बिलासी सबै कुराहरू कतै न कतै पुँजीवाद र भौतिक वस्तुसँग गाँसिएका हुन्छन् । तर, हाम्रो मनलाई भित्रैबाट खुशी राख्न र दैनिक जीवनमा सकारात्मक प्रगति गर्नका लागि ध्यान नै एक महत्वपूर्ण व्यवहार हो । ध्यान गर्नका लागि कुनै विशेष स्थानको आवश्यक पर्दैन । हामीले घरकै कोठामा बसेर ध्यान गर्न सक्छौं । त्यसैले यो खाली समयमा हामी ध्यान गरौं, ध्यान गर्न सिकौं । शान्त र खुशी मनको निर्माण गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here