बिर्तामोड ।
नेकपा एमालेका नेता तथा प्रदेश १ का आन्तरिक मामला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले एमालेले अब गर्नुपर्ने आठ वटा काम औंलाएका छन् ।
सर्वोच्च अदालतको परमआदेशपछि एमाले नेतृत्वको सरकार ढलेको वर्तमान अवस्थामा नेता तथा मन्त्री कार्कीले छिटो नयाँ जनादेशका लागि निर्वाच्नमा जानुको विकल्प नभएको बताएका छन् ।
निर्वाचन मार्फत अब पनि एमालेकै सरकार बनाउने अभियानमा पार्टीलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ । हाल कामको सिलसिलामा काठमाडौंमा रहेका कार्कीले बिहीबार दिउँसो सामाजिक सञ्जाल मार्फत अब नेकपा एमालेले गर्नुपर्ने आठ वटा कामको सूची सार्वजनिक गरेका हुन् ।
उनका अनुसार अब नेकपा एमालेले गर्नुपर्ने आठ काम यस्ता छन्–
१)आफ्नो आलोचनात्मक मत/ दृष्टिको ण सहित सर्बोच्चको सबैधानिक ईजलासको निर्णय लाई मान्दै ,परमादेश बाट बनेको“ देउबा सरकार लाई बिश्वासको मत नदिने ।
२) यो प्रतिनिधि सभाले जनादेश अनुसारको काम गर्न नसक्ने भएकोले अबिलम्ब नया जनादेशको निम्ति अर्लि(केही छिटो )निर्वाचनको माग गर्दै आफ्नो ताजा जनादेश लिनु पर्ने आफ्नो धारणा प्रस्तुत गर्ने!
३) सरकारका ठिक काम को समर्थन र गलत कामको बिरोध गर्दै शसक्त रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने ।
४) अदालतको राजनैतिक फैसला र हाम्रो पार्टी र नेतृत्व प्रती फैलाईएका गलत र भ्रामक बिषयहरुमा देशब्यापी रुपमा सम्पुर्ण पार्टी पक्ती लाई स्पष्ट पार्दै पार्टी लाई बैचारिक र संगठनात्मक रुपले सुदृढ गर्ने अभियान चलाउने ।
५) पार्टी सदस्य नवीकरण अभियान लाई तिब्र पार्दै तोकिएका समयमा वडा,गाउँ÷ नगर ,जिल्ला ,प्रदेश अधिबेशन र केन्द्रिय बिधान/नेतृत्व अधिबेशन सम्पन्न गर्ने ।
६) अदालतका फैसला लगायत अन्य साना÷मसिना बिषयबस्तुमा पार्टी र जनसंगठन लाई नअल्मलिई हाम्रा नेतृत्वका नेपाल सरकार, प्रदेश/स्थानिय सरकार का राम्रा कामहरुको जनता बिच व्यापक प्रचार गर्ने , बाकी अबधिका निम्ति प्रदेश/ स्थानीय सरकार लाई थप राम्रा कामका निम्ति पार्टी नेतृत्वलाई ससक्त गर्ने ।
७) केहि ब्यक्तीहरु द्वारा उठाईएका कतिपय असंवैधानिक, बिबादित बिषयबस्तुमा पार्टी पक्ती लाई स्पष्ट पार्दै जनताको आन्दोलन बाट प्राप्त उपलब्धिको रक्षार्थ पार्टी लाई एक ढिक्का बनाउने ।
८) राजनितीक स्थायित्व,बिकाश र संम्बृद्दीका निम्ति अब पनि सरकार एमाले कै भन्ने अभियानका साथ राष्ट्रिय आकांक्षा “ संम्बृद्द नेपाल, शुखी नेपाली “ लाई पूरा गर्न अबिश्रान्त ढंगले पार्टी लाई तयार राख्ने । धन्यवाद । २०७८/०३/३१ काठमाडौं ।