मोरङ । 
मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट लागूऔषधसहित एक जनलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा लेटाङ–६ मिलन चोकका २२ बर्षीय रमेश पाँचकोटी रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध एभिल १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल, डाइजाल्याप १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






























