भारतिय नोट सहित दुई जना भारतिय नागरिक पक्राउ

0
689

मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतिय र अमेरिकी डलर सहित दुई जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउका ३४ बर्षीय अतुल कुमार र ३५ बर्षीय सन्दिप सिंह रोय रहेका छन् ।

भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरुको साथबाट भारतिय नोट पाँच सयको दुई सय थान एक लाख र सन्दिप सिंह रोयको साथबाट भारतिय नोट पाँच सयको दुई सय १७ थान एक लाख आठ हजार पाँच सय, अमेरिकन नोट १०० को २१ थान, २० को पाँच थान, १० को एक थान , र १ को चार थान सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here