३५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

0
723

जलेश्वर,

महोत्तरी जिल्लाको तीन वटा पालिकालाई आज कोरोना विरुद्ध जीवन रक्षाका लागि एक संस्थाले ३५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

विश्वसहित नेपालमा पनि पछिल्लो समय कोरोनाको तेस्रो लहर भेटिएपछि सेभ द चिल्ड्रेनको सहयोगमा रतौली युवा क्लब महोत्तरीले जिल्लाको जलेश्वर नगरपालिका, लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिकालाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

सेभ द चिल्ड्रेनको सम्मुनति कार्यक्रम अन्तर्गत रतौली युवा क्लबले कोरोनाको तेस्रो लहर विरुद्ध पूर्व तयारीका लागि जलेश्वर नगरपालिकालाई रु १५ लाख, लोहारपट्टी नगरपालिकालाई सात लाख र पिपरा गाउँपालिकालाई १३ लाखका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सो संस्थाले पालिकालाई अक्सिजन ग्यास सिलिण्डर, अक्सिमिटर, स्यानिटाइजर, मास्क, ग्लोब्सलगायत २२ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ । रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरीले तीन वटै पालिकाका प्रमुखलाई सबै स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here