डलर अरबपतिहरुले मात्र चढ्न सक्ने सुपर लक्जरी रेल !

३० श्रावण २०७८, शनिबार मा प्रकाशित

सर्वसाधारण मानिसहरु एउटा सामान्य थोत्रा र सुविधाविहीन रेलगाडी चढ्छन् । रेलभित्र पुग्न एउटा युद्ध लडे जस्तै संघर्ष गर्नु पर्दछ । रेलभित्र पसेपछि सिट पाइने नपाइने कुनै ठेगान हुँदैन । सिट पाइए पनि सिटको रेक्जिन हुन्छ÷हँुदैन पत्तै हुन्न । सिटबाट उठिसक्दा आफ्ना कपडा भत्केको सिटले च्यातिसकेको हुन्छ । आफ्नो सामानहरु कुनै पनि बेला लुटिन सक्छन् । मगन्ते र तेस्रो लिङ्गीहरुबाट यात्रीहरु ठगिन र लुटिन सक्छन् । रेलबाट गन्तव्यको स्टेशनमा उत्रँदा यात्रीहरु नाङ्गेझार बनि सक्छन् । त्यै पनि लाखौं मानिसहरु यात्राका लागि कछुवा घस्रे जस्तो ढिलो चालका असुविधाजनक सामान्य रेल चढ्न बाध्य छन् ।

त्यहीँ यसको ठीक उल्टो धनी व्यक्ति तथा परिवारहरुको रेलयात्रा निकै सुविधाजनक हुन्छन् । राम्रा राम्रा रेलहरुका लक्जरी डब्बा र लक्जरी क्याबिनहरुमा यात्रुहरुलाई चाहिने यावत सुरक्षा र सुविधा मौजुद हुने गर्दछन् । धनी यात्रुहरुले कुनै कुराको चिन्ता लिनु पर्दैन । रेल सेवा कम्पनीबाट केही कमी–कमजोरी भएमा उल्टै यात्रुहरुलाई मोटो रकमको क्षतिपूर्ति तिर्नु पर्दछ । हालका दिन तीव्र रफ्तारमा कुद्ने रेल र निकै लक्जरी रेलहरु विभिन्न धनी देशहरुले बनाएर सेवा दिइरहेका छन् । तर, यी रेलहरुले पनि धनी अर्थात् डलर अरबपतिहरुले चाहे जस्तो सेवासुविधा दिन सकिरहेका छैनन् । त्यै भएर अब यस्तो रेल बन्दैछ कि त्यस रेलमा अहिलेसम्म नभएका सुविधाहरु हुने छन् । यो रेल यति महँगो हुनेछ कि जसमा डलर अरबपतिहरु मात्र यात्रा गर्न सक्नेछन् ।

त्यस्तै थिम अनुसार फ्रान्सका एक डिजाइनरले यस्तो सुपर लक्जरी रेल बनाउने कल्पना गरेका छन् । कि जसको सेवाले यात्रीहरुको पुराना सबै अनुभवहरुलाई बदलिदिनेछ । यस सुपर लक्जरी रेलमा यस्ता सबै सुबिधा हुनेछन् जुन कुनै राजमहलभन्दा कम देखिने छैनन् ।

यूरोपका केही देशहरुमा केही वर्ष पहिलासम्म यो मानिन्थ्यो कि रेलको यात्रा अब पुरानो जमानाको भइसक्यो । अहिलेसम्म पनि लामो दूरीको आरामदायक यात्रा गर्न यूरोपियनहरु हवाइजहाज रोज्दछन् । तर, फ्रान्सका एक डिजाइनरले यस्तो सुपर लक्जरी रेल बनाउने परिकल्पना गरेका छन्, जो यात्रीहरुका पुराना सबै अनुभवहरुमा बदलाब ल्याइदिनेछ । सुपर लक्जरी रेलमा यी सबै सुविधा हुनेछन् जुन सुविधा कुनै राजमहलमा हुने गर्दछन् । अर्थात् डलर अरबपतिहरु हवाइजहाज होइन कि रेलको यात्रा गर्न रुचाउने छन् । यस रेलको अधिकतम् स्पिड एकसय साठी किलोमिटर प्रति घण्टा हुनेछ ।

डलर अरबपतिहरुको रेल भनिने यो बेहद शानदार रेलको डिजाइन फ्रान्सीसी डिजाइनर थिएरी गाउगेनको दिभागको उपज हो । यो रेल बनाउनको लागि लगभग तीसय ५० बिलियन डलर लागत पर्नेछ । नयाँ बन्ने अत्याधुनिक रेलमा एक हजार तीन सय फिटको प्यानोरोमिक ग्लासको झ्यालहरु हुनेछन् ।

यस रेलमा जम्मा १४ डिब्बा हुनेछन् । हरेक डिब्बामा स्मार्ट ग्लासका झ्याल र छत हुनेछन् । यो रेल यतिबिधि आनुनिक हुनेछ कि, बाहिरी परिवेशको अनुसार स्वयम्लाई ढाल्न केवल एक सुइच थिचे पुग्छ । यस रेलमा प्रयुक्त काँचहरु यात्रुहरुले चाहे अनुसार पारदर्शी या अपारदर्शी हुनेखालका हुनेछन् । यस रेलको मालिकका लागि विशेष प्रकारको कक्ष बनाइने छ । यसमा एकसाथ १८ अतिथिहरु आरामले बस्ने सुविधा हुनेछन् । उनीहरुका लागि सबै प्रकारका आधुनिक सुविधा हुनेछन् । रेलमा एक भव्यरुपले बनाइएको सैलुन पनि रहनेछ ।

डिजाइनर गाउगेन फ्रान्सका चर्चित डिजाइनर हुन् । उनले अनगिन्ती परियोजनाहरुमा प्रसिद्ध डिजाइनरका रुपमा काम गरिसकेका छन् । उनले नै एप्पलको सहसंस्थापक डलर अरबपति स्टीव जब्सको ८० मिटरको पोत वीनस डिजाइन गरेका थिए । तर, गाउगेन रेल डिजाइनको क्षेत्रमा पहिलोपटक हात हाल्दै छन् । यस निजी सुपर लक्जरी रेल पनि अत्यधिक चर्चित अर्थात् असाध्य धनीका मात्र लागि बनाउन गइरहेका छन् । रेलमा आवश्यकता अनुसार थप सुपर लक्जरी डिब्बाहरु थप्दै लग्न सकिने डिजाइर गाउगेनले बताएका छन् ।

गाउगेनले सिएनएन ट्राभल्ससँगको कुराकानीमा बताएका छन् कि, यस सुपर लग्जरी रेलको परिकल्पना अद्भूत मानिसहरुका लागि मात्र गरिएको हो जो डलर अरबपति छन् । यो कुनै सार्वजनिक या यात्रु रेल हुने छैन । जुन मालिकका बारेमा मैले कल्पना गर्दछु, उनी कोही हुन सक्छन् जो यस रेलको विशिष्टताबाट अवगत छन् र यो समझ राख्न सक्दछन् कि, म केवल परिवहनको बारेमा कुरा गरिरहेको छुइन । यो त्यस्तो सुपर लक्जरी यात्राको बारेमा हो न कि तपाई बिन्दु ए देखि विन्दु बी सम्म कति छिटो रफ्तारमा पुग्नुहुन्छ । यसमा सवार मानिस आफ्नो गन्तव्यसम्म जानुमा बाटामा त्यति नै मज्जा लिन सक्छन् जसको बारेमा उनीहरुले अहिलेसम्म सोचेका सम्म छैनन्् ।

उनले कम्प्युटरमा बनाएको थ्रीडी तस्वीरको सिरिजबाट यस रेलको बारेमा जानकारी दिएका छन् । यी तस्वीरहरुमा रेलको बाहिरी तथा भित्री भागका आर्किटेक्टहरुबारे जानकारी दिइएको छ । गाउगेनले बताएका छन् कि उनले रेल बनाउने योजनाकाबारे स्टीव जब्सका पत्नी र अरबपति बिजनेसम्यान लारेन पावेल जब्स जस्ता उपभोक्तालाई ध्यानमा राख्दै बनाएका हुन् । तर, अहिलेसम्म सो सुपर लक्जरी रेल निर्माण गरी माग्न या किन्नका लागि कोही ग्राहक भेटिहालेका चाहिँ छैनन् । यस रेलको डिजाइन सम्पूर्ण किसिमले कम्प्लिट गर्न अझै अढाई साल लाग्ने बताइएको छ ।

यो रेल बनेर र ट्रयाक्मा कुद्न थालिहाल्यो भने यो कुनै आश्चर्य मान्नु पर्दैन कि कोही पनि नेपालीले छोटोभन्दा छोटो दूरी तय गर्नका लागि पनि पैसा तिर्न सकुन् । नेपालले त आफ्नो भएको एउटै रेल पनि घुम्टो ओढाएर राखेको धेरै भइसक्यो । हामीले युरोप अमेरिकाको जस्ता कल्पनाशीलता, सिर्जनशीलता र प्राउद्योगिकी कसरी हासिल गर्न सक्छौं । प्रश्न यही छ । (एजेन्सीको सहयोगमा)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here