३ हजार ७५ जनामा काेराेना पुष्टि,२ हजार १ सय २६ जना सङ्क्रमणमुक्त

0
732

काठमाण्डाै,

पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार चार सय ३८ जनाको नमुना परीक्षण गर्दा तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १८ दशमलव ७० प्रतिशतमा सङ्क्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या आठ लाख २० हजार ६ सय पाँच पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै थप दुई हजार एक सय २६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९१ हजार दुई सय ९९ पुगेको छ । यही अवधिमा थप ३३ जना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार चार सय २९ पुगेको छ ।

अहिले ४० हजार पाँच सय जना सक्रिय सङ्क्रमित रहेकामा सात सय ३९ जनाको आईसीयू र एक सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here