मोरङ।

मोरङको कानेपोखरी–६ स्थित शिवालय चोकका ३० बर्षीय रुद्रबहादुर क्षेत्री हतियार सहित पक्राउ परेका छन ।
क्षेत्रीको घरमा हतियार लुकाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा प्रहरी टोलीले उनको घरमा खानतलासी गर्ने क्रममा एक थान पेस्तोल र ४ राउण्ड गोली फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका क्षेत्री विरुद्ध थप अनुसन्धान गर्ने क्रममा अर्का सोही स्थानका ४० बर्षीय पूर्णबहादुर बोहरा समेतलाई पक्राउ गरी उनीहरु विरुद्ध इलाका प्रहरी कार्यालय पथरीबाट हातहतियार मुद्धामा कानूनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।






























