कांग्रेसको १४औं महाधिवेशन :चुनावी सरगर्मी बढ्यो

0
796

झापा।

भदौ १८ गतेदेखि नेपाली कांग्रेसको १४औ महाधिवेशन शुरु भएको छ । २१ जिल्ला वाहेकका अन्य जिल्लामा वडा तहको नेतृत्व चयन भएको छ । वडा अधिवेशन सम्पन्न संगै नगर अधिवेशनका लागि कांग्रेस नेताहरुको अहिले दौडधुपमा छन् ।

‘नेपाली कांग्रेस निर्देशिका २०७८’ बमोजिम हुने निर्वाचन तालिका अनुसार भदौ २७ गते नगर अधिवेशन हुँदैछ । जसका लागि झापाका १५ वटै स्थानीय तह तथा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता चुनावी दौडमा देखिएका छन् ।

बिर्तामोड नगर अधिवेशनका लागि छुट्टाछुट्टै दुई वटा टिम खडा भएका छन् । नगर सभापति तथा बिर्तामोड–३ का वडाध्यक्ष भोजराज सिटौला र वडा नम्वर–४का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले छुट्टाछुट्टै टिम खडा गरेसंगै बिर्तामोडमा चुनावी सरगर्मी बढेको हो ।

बिर्तामोड–४का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले नगर सभापतिका लागि छुट्टै टिम खडा गर्दै चुनावी मैदानमा उत्रिएपछि बिर्तामोडको माहोल तातेको हो । यस अघि सिटौलाले नगरसभापतिको दावी गर्दै आएका थिए । संग्रौलाको टिमबाट उपसभापतिमा बलराम कार्की र पशुपति राजवंशी, सचिव अच्युत दाहाल, दीपेन्द्र राउत तथा सहसचिवमा धर्मेन्द्र सिटौला र अमोद दाहाल चुनावी मैदानमा छन् । विभिन्न १० बुँदे कार्ययोजना अघि सार्दै संग्रौला नेतृत्वको टिम चुनावी मैदानमा छ ।

यता सिटौलाको टिममा उपसभापतिमा सूर्यप्रसाद कन्दङ्वा, राजकुमार राजवंशी, सचिव उत्तम खनाल, दिवाकर प्रसाई, सहसचिव लवकुमार चौधरी र दिनेश पराजुली रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here