बिर्तामोडका व्यवसायी र मजदुरलाई सोमबार कोरोना विरुद्धको खोप लगाइने

0
659

झापा ।

बिर्तामोड उद्योग वाणिज्य संघले संघमा आवद्ध ब्यवसायी तथा मजदुरहरुलाई सोमबार एक दिन कोरोना विरुद्धको खोप लगाइने भएको छ । गत असोज २ र ३ गते दुई दिन बिर्तामोडका दुई हजार २१० जना ब्यवसायी तथा मजदुरलाई कोरोना विरुद्धको खोप लगाइएको थियो ।

संघको पहलमा असोज ११ गते सोमबार भेरोसिल खोपको पहिलो मात्र लगाइने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए । बिर्तामोड नगरस्तरीय खोप व्यवस्थापन तथा समन्वय समितिको प्राविधिक सहयोगमा खोप लगाउने तयारी पुरा भएको संघका प्रवक्ता संजीव घिमिरेले बताए ।

अध्यक्ष शिवाकोटी र महासचिव अर्जुकुमार मैनालीद्वारा हस्ताक्षरित सुचनाामा भनिएको छ– खोप लगाउनका लागि आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०७९ मा दर्ता वा नवीकरण भएका उद्योगी व्यवसायीलाई नेपाल सरकारले जारी गरेको परिचय पत्र र पानको फोटोकपी अनिर्वाय लिएर आउनुहोला ।

पूर्वको ब्यस्त शहरको रुपमा रहेको बिर्तामोडका ब्यवसायीहरुलाई खोप कार्यक्रम राखिएको संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए । खोप लगाउन पहिला आउनेलाई पहिलो प्राथमिकता दिइएको बताइएको छ । संघको कार्यलयमा बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउने कार्यक्रम तय गरिएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघले आफ्नै पहलमा यसअघि ब्यवसायीहरुलाई खोप लगाएसंगै ब्यवसायी तथा मजदुरहरुले खुशी ब्यक्त गरेका छन् । चार हजारबढी ब्यवसायी संघमा आवद्ध रहेको र विभिन्न चरणमा कार्यक्रम सञ्चालन गरेर सबै व्यवसायी तथा मजदुरलाई सुरक्षित राख्न बिर्तामोड उद्योग वाणिज्य संघले पहल गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here