४४ जना विद्यार्थीलाई टिफिन बक्स

0
671

इलाम ।

इलाम सूर्योदय नगरपालिका–१३ स्थित ज्ञानद्वय प्राविका व्यवस्थापन समितिका अध्यक्ष इन्द्र तामाङले ४४ जना छात्रछात्रालाई घरबाट खाजा ल्याउन टिफिन बक्स (खाजा बोक्ने वट्टा) वितरण गरेका छन् ।

आफ्नो कान्छो भाइ छत्रबहादुर तामाङले अल्पायुमा ज्यान गुमाउनु परेकाले उनको सम्झनामा एक कार्यक्रमका बीच उक्त टिफिन बक्स विद्यार्थीलाई तामाङले उपलब्ध गराएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले भने – विद्यालयको भवन अत्यन्तै जीर्ण भएकाले त्यसको निर्माण कार्यमा आम अभिभावक वर्ग जुट्नुपर्ने आवश्यकता रहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ प्रदेश परिषद् सदस्य सागर गौतम, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष अमर तामाङ, सदस्य खड्कबहादुर तामाङ, चन्द्रकुमारी राई, पूर्णबहादुर राई, शिक्षक प्रतिनिधि टेकेन्द्र सञ्जेल, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रमाया राई, बुद्धिमान तामाङ, डलमाया तामाङ, सन्तबहादुर राई, राजेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

शिक्षक टेवेन्द्र सञ्जेल स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रध्यानध्यापक सन्दीप पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here