‘सुख ,शान्ति र समृद्धिको हार्दिक शुभकामना’- उपमेयर यमुना विष्ट वास्तोला

0
368

पथरीशनिश्चरे,

पूर्वी मोरङको पथरीशनिश्चरे नगरकी उपप्रमुख यमुना विष्ट वास्तोलाले २०७८ सालको विजयादशमी, दिपावली, छैट, उभौली उधौली लगायतका चाडपर्वहरुले सुख,शान्ति ,समृद्धि र उत्तरोत्तर प्रगतिको बाटोमा अग्रसर हुन सफलता मिलोस् भन्दै सम्पुर्ण नेपालीहरूमा शुभकामना प्रकट गर्नुभएको छ ।

विजयादशमीको घटस्थापना पर्वको अवसरमा वडा नम्बर ३ स्थित सुन्दरी चोकस्थित बक्राहा गंगा जलदेवी मन्दिरको शिलान्यास गर्नुहुदै प्रमुख अतिथि समेत रहनुभएकी उपप्रमुख वास्तोलाले सो कुरा बताउनु भएको हो ।

उहाँले बक्राहा नदीको त्रासले सताइरहने गरेको अवस्थामा नदी किनारमा जलदेवीको मन्दिर निर्माण गरी धार्मिक भाव तथा आत्मबल जागृत गराएर सतकर्मको थालनी गरिएकोमा खुसी व्यक्त गर्नुभएको थियो। उहाँले धार्मिकताको विकास गरी समाजमा शान्तिको सन्देश छर्ने कार्य आजको आवश्यकता भएको औल्याउनु भएको थियो ।

नारीलाई शक्तिस्वरूपा देवीको रुपमा पुजिने हाम्रा धार्मिक संस्कारहरू भएको उल्लेख गर्दै उहाँले समाजमा महिलामाथि पटक पटक हुने गरेका हिंसाका घटनाले दुःखी तुल्याएको बताउनुभयो ।

वर्तमान परिस्थितिमा समग्र महिला शसक्तिकरण तथा उत्थानका लागि समेत सबैको सहकार्य आवश्यक रहेको सुझाउनुभयो । स्थानीय धर्मप्रेमी मनकुमार काङ्वाले निशुल्क १ कठ्ठा ऐलानी जग्गा दान दिएपछि स्थानीय समाजसेवी पुष्पबहादुर थापाको अगुवाईमा उक्त मन्दिर निर्माण कार्य अघि बढेको हो ।

उक्त अवसरमा ३ नम्बर वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ, ५ नम्बरका कार्यवाहक वडाध्यक्ष चेतेन्द्र खड्का सहितले शुभकामना मन्तव्य राख्नु भयो । उपप्रमुख वास्तोलाले वडा नम्बर १ स्थित भूल्केदेवी मन्दिरमा जमरा राख्ने कार्यको समेत अगुवाई गर्दै नवरात्रमा दुर्गादेवीको आराधनाले नगरवासीमा सुख , शान्ति र समृद्धि् छाओस् भन्दै हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here