सुनसरी। 
सुनसरी इटहरी उपमहानगरपालिका ४ श्रमिक टोलबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा चितवन भक्तपुर १० घर भइ सोही स्थानमा कोठा गरी बस्ने ३० बर्षीय सञ्जय लामा रहेका छन् ।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले लामालाई कोठाबाट ब्राउन सुगर ९ ग्राम २० मिलीग्राम सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका लामाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।































