कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित

0
804

काठमाडौं ।

नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार थापाले ३,०२३ र विश्वप्रकाश शर्माले १,९८४ मत पाएर निर्वाचित भएका हुन् ।

महामन्त्री पदका अरु उम्मेदवारमा डा प्रकाशशरण महतले १,५५०, प्रदीप पौडेलले १,४०९, डा। मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत पाए । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।

गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here