पथरीशनिश्चरे,
मोरङको पथरीशनिश्चरे नगरपालिकाको वडा नं ८ मा ५ दिने कानूनी परामर्श तालिम सम्पन्न भएको छ ।
नेपालको संविधान २०७२ र मौलिक हक अधिकार सम्बन्धी कानूनी परामर्श तालिम न्यायिक समितिको सहयोगमा सम्पन्न भएको हो।
तालिमको समापनका अवसरमा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले युवा पुस्तालाई कानून सम्बन्धी सूसुचित बनाउँदा आगामी पुस्तालाई न्यायका लागि सहज हुने औंल्याउनु भयो ।
स्थानीय प्रभात सामुदायिक युवा क्लबको आयोजनामा सञ्चालित उक्त तालिमको नगरपालिकाका कानूनी सल्लाहकार अधिवक्ता दीपक राईले सहजीकरण गर्नुभएको क्लब अध्यक्ष नवीनजंग कार्कीले जानकारी दिनुभएको छ ।































