दमक क्लिन पार्कको निर्माण कार्य अलपत्र

0
588

झापाका तीन पालिकाकाे करीब २ हजार २ सय विगाहामा बन्ने पार्कको निर्माण कार्य अलपत्र परेकाे छ । मुआब्जा विवादले पार्कको निर्माणमा समस्या देखिएको हाे ।

दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकामा चीन सरकारको वान बेल्ट वान रोड ( OBOR) परियोजना अन्तर्गत ६५ अर्ब रुपैयाँमा बन्ने भनिएको दमक क्लिन पार्कको निर्माण कार्य अन्योलमा पर्ने देखिएको हाे ।

पूर्वप्रधानमन्त्री केपी ओलीकाे निर्वाचन क्षेत्रमा चीन सरकारको लगानीमा ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी जोन जिङपिङ ज्वाइन्ट कन्ट्रक्सनले निर्माण गर्ने भनी सिलान्यास समेत गरिएको दमक क्लिन पार्कको मुआब्जा विवादले पार्कको निर्माणमा समस्या देखिएको छ।

अहिले त्यहाँ निर्माण कार्य राेकिएकाे बताइएकाे छ । हचुवा तरिकाले सरकारी मुआब्जा निर्धारण समितिले जग्गाको मुआब्जा निर्धारण गरेकोमा विरोध गरेका छन् । मुआब्जा निर्धारण समितिले तोकेको मापदण्ड अनुसार मुआब्जा बुझेमा एक समयका जग्गा मालिकहरू सुकुम्बासी बन्नेछन् भनी पीडितले चरणबद्ध आन्दोलन को कार्यक्रम गर्दै आएका छन्।
पीडितहरुले यस अगाडि पनि पटक पटक सरोकारवाला सबै निकायमा आफ्नो माग सम्बोधन गराउन ध्यान आकर्षण गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here