मोरङको मिक्लाजुङमा गायिका रचना रिमालको प्रस्तुति हुने

0
620

पथरीशनिश्चरे,

मोरङको मिक्लाजुङमा नयाँ वर्ष २०७९ को अवसरमा आयोजना गरिने कार्यक्रममा सांगितिक कार्यक्रममा गायिका रचना रिमालको प्रस्तुति हुने भएको छ ।

चरम लागुऔषध दुर्वेसनीमा उन्मुख रहेका युवालाई सचेत गराउने उद्देश्यले मिक्लाजुङ युवा समुहको आयोजनामा आउँदो चैत्र- ३० गते बुधबार सिंहदेवी आधारभूत बिद्यालयको प्राङ्गणमा कार्यक्रम गरिने भएको हो।

मिक्लाजुङ- ५स्थित सिंहदेवी आधारभूत विद्यालयको प्राङ्गणमा हुने कार्यक्रमको संयोजन मिक्लाजुङ युवा समुह मिक्लाजुङ्ग ४, ५ र ६ नम्बर वडाले गर्ने कार्यक्रम आयोजक समितिका संयोजक लङ्सिङ श्रेष्ठले जानकारी दिएका हुन् ।

“लागु औषध विरुद्ध युवाहरुको अभियान“ भन्ने मूल नाराका साथ मिक्लाजुङ साँगितिक कार्यक्रम -०७९ आयोजना गर्न लागिएको श्रेष्ठले जानकारी दिएका छन् ।

लोकप्रिय गायिका रचना रिमालका साथै गायक नन्दु गुरुङ्ग,डान्सर रिया लामा,भुपु ब्यान्ड जाँते,स्थानीय गायक मिलन देवान, मिलन ढकाल लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहने श्रेष्ठले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here