विराटनगरः मधेसवादी दल भनेर चिनिएका जनता समाजवादी पार्टी र नेकपा एमाले बाट काङग्रेसमा प्रवेश गर्नेको संख्यामा वृद्धि भएको छ ।
जसपामा एकल जातिय वर्चस्व बढ्न थालेपछि पार्टी परित्याग गर्नेको संख्यामा वृद्धि भएको पार्टी निकटहरुको दाबी छ ।
पार्टी परित्याग गर्नेको संख्या बढ्न थालेसंगै आजपनि (बुधवार) जसपाबाट दुई र एमालेबाट दुई जना गरि काङग्रेस प्रवेश गरेका छन् ।
विराटनगर महानगरपालिका वडा नम्बर १७ का एमाले निकट युवा संघका अध्यक्ष मुन्ना ठाकुर,युवा संघकै गणेश श्रेष्ठ,जसपाका गुरु दयाल राय,अवध नारायण यादवले काङग्रेस प्रवेश गरेका हुन । त्यसैगरि राकेश कार्कीले पनि आज काङग्रेस प्रवेश गरे । बिगत लामो समयदेखि अन्य पार्टीमा रहेर काम गरेपनि पार्टीले कुनै परवाह नगरेको भन्दै उनीहरुले पार्टी परित्याग गरि काङग्रेस प्रवेश गरेको एक नेताले बताए ।
नेपाली काङ्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले नव प्रवेशी सबैलाई स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा नेपाली काङग्रेसका नेता पंकज वर्मा,फैयाज रैन , राजेश गुप्ता,अस्लम आलम,अबुल खान लगायतको उपस्थिती रहेको थियो ।


























