मोरङ ।

मोरङको जहदा गाउँपालिका–१ लंकाटोलबाट गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३२ बर्षीय मुन्ना मल्लाह रहेका छन् । अस्थायी प्रहरी चौकी भेडियारीबाट खटिएको प्रहरी टोलीले नेपालबाट लुकाई छिपाई भारत तर्फ लाँदै गरेको १४ केजी गाँजा बरामद गरेको हो ।
गाँजा सहित पक्राउ परेका मल्लाहलाई इलाका प्रहरी कार्यालय रानीले म्याद थप गरी थप अनुसन्धान गरिरहेको बताइएको छ ।






























