माईमा नेकपा एमालेका ६ जना मेयर र १० जना उपमेयरका आकांक्षी

0
457

 

विमल दहाल,
माई

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि नेकपा एमाले माई नगरपालिका ईलाममा ६ जना मेयर र १० जना उपमेयरका आकांक्षी विच सहमति जुटाउने प्रयास सफल हुन सकेको छैन ।

माईको मेयरका लागि वर्तमान मेयर दिपक कुमार थेवे, उपमेयर विष्णुमाया रिमाल, एमाले जिल्ला कमिटी सचिवालय सदस्य वुद्वि खनाल, माई नगर अध्यक्ष खम्वसिंह लिम्वु, प्रदेश सदस्य ध्रुव श्रेष्ठ र साविक दानावारी गाविसका पुर्व अध्यक्ष समेत रहेका प्रदेश सदस्य रत्नवहादुर अधिकारीको नाम चर्चामा रहेको छ । यसैगरि उपमेयरमा आकांक्षी रहेका रुपा राई, हिमा भण्डारी, रञ्जिता भट्टराई, कुमारी माया आले मगर, शान्ता थेगिम, कृष्ण कुमारी थापा, मुखराज आङ्दम्वे, सन्तराम योङहाङ, धन वहादुर आङ्दम्वे र मोहन देवानको आकांक्षा रहेको छ ।

एमाले विधान वमोजिम सर्वसम्मत नभए मेयरमा दुई पुरुष र एक महिलाको सहमति गरि माथिल्लो कमिटीमा सिफारिस गर्नु पर्ने प्रावधान रहेको छ । धेरै आकांक्षी रहेकाले माईमा सवैको नाम माथिल्लो कमिटीमा सिफारिस हुने देखिन्छ । नगरपालिकाको मेयर र उपमेयर जिल्ला कमिटी हुदै प्रदेश कमिटीमा उम्मेद्वारका आकांक्षीहरुको नाम सिफारिश गर्नेछ । जिल्ला कमिटीले आवश्यकताको आधारमा नाम काँटछाँट गर्न सक्नेछ । प्रदेश कमिटीले अन्तिम नाम तय गरी टुङ्गो लगाउने छ ।

एमालेको वर्चस्व मानिएको माई नगरपालिकामा गठवन्धन दलले पनि साँझा उमेरद्वार तय गर्न सकेका छैनन् । आआफ्ना दलका अडानमा रहेका गठवन्धन दलहरु एमालेको उमेरद्वारका आधारमा आफ्नो उमेरद्वारी तय गर्ने रणनीतिमा रहेको वुझिएको छ । गत २०७४ सालमा स्थानीय तह निर्वाचनमा एमालेका मेयरले ६०४८ मत ल्याई विजयी वन्दा नेपाली कांग्रेसले ४५२६, माओवादी केन्द्रले १८४७, संघिय समाजवादीले ४१५, राप्रपाले ४८ र स्वतन्त्र उमेरद्वारले ७१ मत ल्याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here