अर्जुनधारा, नेपाली कांग्रेस अर्जुनधारा नगर सभापति हेमराज खरेललाई पितृ शोक परेको छ ।
खरेलका पिता वेनु प्रसाद खरेलको ७९ वर्षको उमेरमा निधन भएको हो ।
२००० साल जेठमा जन्मिएका खरेल केही समय अघिदेखि मुटु र फोक्सो सम्वन्धी समस्याबाट ग्रसिद थिए । उनको कनकाई अस्पताल बिर्तामोड र बीएण्डसी अस्पतालमा उपचार गरिएपछि स्वास्थ्यमा केही सुधार आएसंगै घर लगिएको थियो । तर, शनिवार साँझ खरेलको निवासमै निधन भएको हो ।
खरेलकी श्रीमती मनमाया सहित छोरा बुहारी हेमराज र सुनिता खरेल रहेका छन् ।
आइतवार वेनु प्रसादको कनकाई माईमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।






























