शेयर विशेषज्ञ बिर्तामोडमा

0
799

झापा, शेयर बजारका विषयमा छलफर र अन्तरक्रियाका लागि नेपालका चर्चित शेयर बजार विशेषज्ञ अतितलाल श्रेष्ठसहितको टोली झापा आउने भएका छन् ।
मेरो लगानीका कार्यकारी प्रमुख श्रेष्ठ नेपालका प्रख्यात प्राविधिक विश्लेषकका रुपमा चिनिन्छन् । उनी सहित गरिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई, नेप्सेका वरिष्ठ अधिकृत निरञ्जन फूयाल तथा सुमेरु सेक्युरिटीजका सञ्चालक प्रेम अग्रवाल वैशाख १६ गते झापा आउने भएका हुन् ।

साङ्केतिक तस्वीर ।

पूर्वमा रहेका शेयर कारोवारीहरुसंग छलफल र जनचेतना मूलक अन्तरक्रियाका लागि उनीहरु झापा आउन लागेको सुमेरु सेक्युरिटीज प्रालि बिर्तामोड शाखा प्रमुख आदित्य अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार बिर्तामोडस्थित सीटी सेन्टरमा कार्यक्रमको आयोजना गरिएको छ । सुमेरुकै अगुवाइमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा करिव दुई सय जना शेयर कारोवारीहरुको उपस्थिति रहेने बताइएको छ । कार्यक्रम शुक्रवार अपरान्ह २ वजे सुरु हुने बताइएको छ ।
पछिल्लो समय शेयर वजार निरन्तर ओरालो लाग्ने क्रम जारी छ । माथिल्लो बिन्दू ३१९८.६० बाट ओरालो लागदै विहीवार २३५६.१७ मा कारोवार बन्द भएको छ ।
लगानीकर्ताहरुको मनोवल खच्किएको समयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनुले शेयर लगानीकर्ताको मनोवल उच्च हुँदै सकारात्मक उर्जा प्राप्त हुने शेयर लगानी कर्ता सुमन पोद्दारले बताए ।

नेप्से परिसूचक आज अन्तिम दिन भने २० अङ्कले ओरालो

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर नै एक प्रकारको उत्साह छाएको भए पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागेको छ ।

शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार उच्च अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज अन्तिम दिन भने २० अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ओरालो लागेर दुई हजार ३५६.१७ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३२ अङ्कले ओरालो लागेर ४५०.२४ मा सीमित भएको छ । कूल २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर रु एक अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ मूल्यमा खरिद बिक्री भएको छ ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ५१ अर्ब ६४ करोड ३३ लाख ३० हजार बराबर सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार बैंकिङ ६.३८, व्यापार ३२.०७, होटल तथा पर्यटन २६.३६, विकास बैंक ७५.४४, जलविद्युत् २३.०४, वित्त ३०.१३, निर्जीवन बीमा ४१.३३, उत्पादन ७४.९९, अन्य २६.८३, लघुवित्त ३८.०३, जीवन बीमा १५०.७४, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.९५ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा ग्लोबल आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड २५ लाख ४९ लाख ६०३ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु पाँच करोड तीन लाख ६१ हजार २४२, एनसिसी बैंक रु चार करोड ९७ लाख आठ हजार ६२६, अरुण भ्याली हाइड्रोपावर रु चार करोड ७३ लाख ३४ हजार ६३४ र नबिल बैंक रु चार करोड दुई लाख चार हजार २६८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार घटेको बजारमा जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । राधी विद्युत् कम्पनी ४.१७, माउण्टेन इनर्जी नेपाल ३.२९, नबिल ब्यालेन्स फण्ड तेस्रो ३.२५ र मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.८८ प्रतिशतले कमाए । गुह्यश्वरी मर्चेन्ट बैंक ३.९८, गणपति लघुवित्त ३.८३, माहुली लघुवित्त ३.७३, पाँचथर पावर कम्पनी ३.७१ र किसान लघुवित्तका लगानीकर्ताले ३.६७ प्रतिशतले गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here