खोलामा डुबेर बालकसहित दुई जनाको मृत्यु

0
626

धनकुटा ।

धनकुटा र संखुवासभामा खोलामा डुबेर बालकसहित दुई जनाको मृत्यु भएको छ ।

धनकुटाको चौबिसे गाउँपालिका–५ का ४५ बर्षीय प्रकाश माझीको माछा माछा मार्ने क्रममा तमोर खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोलीले मृत शवको उद्धार गरी अन्य थप अनुसन्धान गरिरहेको बताइएको छ ।

उता संखुवासभाको पाँचखपन नगरपालिका–३ बस्ने चन्द्रशेखर राईको १२ बर्षीय छोरा निश्चल राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

सभाखोलामा पौडी खेल्ने क्रममा डुबेर घाईते भएका राईलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here