बिर्तामोडबाट ब्राउनसुगर सहित दुई जना पक्राउ

0
405

झापा ।

झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ का २६ बर्षीय प्रमोद साहलाई लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

साहको घर कोठाबाट प्रहरीले २ ग्राम ३०० मिलिग्राम लागूऔषध ब्राउनसुगर, नगद ११ हजार ५४० र मोवायल सेट ७ थान समेत बरामद गरेको छ ।

त्यस्तै बिर्तामोड नगरपालिका–४ को एक होटलबाट लागूऔषध ब्राउनसुगरसहित मेचीनगर नगरपालिका–१ का ३९ बर्षीय ओम चौधरी पक्राउ परेका छन् ।

लागूऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई ९ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

लागूऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here