गठबन्धन बाँडीचुडी खाने दल हो– अध्यक्ष ओली

0
536

विमल दहाल, माई ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन बाडीचुडी खाने राजनैतिक दल भएको बताएका छन् ।

आगामी बैशख ३० गते हुन लागेको स्थानीय तह निर्बाचनका लागि इलामको माई नगरपालिकामा भएको चुनाबी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सार्वभौमसक्ता निहित जनातले आगामी स्थानीय तह निर्बाचन पछि गठबन्धनको हालत हुने दाबी गरे ।

असंबैधानिक, अलोकतान्त्रिक गठबन्धन बाँडीचुडी खान आएको भन्दै जनताले निर्बाचनबाट जवाफ दिने बताए । रुखबाट दुईचार पात झदैमा, कुहिएका दुईचार फल झदैमा बोट नरितिने ओलीको दाबी छ ।

संघिय निर्बाचनमा झलनाथ खनाललाई जिताएको प्रसंग तर्फ संकेत गर्दै ओलीले भने–“तपाईहरुले जिताएको पार्टी भडुवा जन्तरे की अन्तरेलाई मैले चिन्न नसक्नु मेरो गल्ती भएको भन्दै एमालेका नाममा अएको ब्याक्तिलाई मत दिएर जिताउनु तपाईहरुको कमजोरी नभएको” भन्दै मतदातालाई सान्तवना दिए।

ओलीले अहिले नेपालमा दुई वटा राजनैतिक धार रहेको बताउदै भने “एउटा सुशासन, विकास र जवाफदेयिताको धार र अर्को बाँडीचुडी खाउ भन्ने धार” । एमाले सुशासनको धारमा जिवन्त उभिने ओलीको दाबी छ ।

माई नगरपालिकामा धेरै अब्यवस्थित बसोबास रहेको जानकारी आफुले पाएको भन्दै ओलीले एमाले सरकारमा रहदा काम शुरु गरेको धनिपुर्जा बितरण कार्य अव एमाले सरकारमा आएपछी जनातलाई धनिपुर्जा दिने भनाई थियो ।

नेकपा एमाले माई नगर कमिटीको आयोजनामा भएको सभामा नेकपा एमालेका उपाध्यक्ष तथा संबिधान सभाका अध्यक्ष सुवास नेम्वाङले एमालेको देशभर जीत सुनिश्चित भएको भन्दै औपचारिकता मात्र बाँकी रहेको बताए । पाँच सात दल नमिलि एमाले संग लड्ने क्षमता नभएको भन्दै नेम्वाङले सबै जनात एमालेको पक्षमा रहेकाले जीत निश्चित भईसकेको दाबी गरेका छन ।

सभामा बिभिन्न पार्टीबाट दुई सय ५० जना एमालेमा प्रवेश गरेका छन्। प्रवेशीलाई नेम्वाङ, केन्द्रीय सदस्य राम राना, जिल्ला अध्यक्ष महेश बस्नेत लगायतले स्वागत गरे । माई–४ को शुक्रबारे खेलमैदानमा भएको चुनाबी सभा अधि ओली र नेम्वाङ किराँतधर्म गुरु आत्मानन्द लिङदेनको आश्रम माङसेबुङ्ग लारुम्वा पुगी गुरुको अर्शिवाद लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here