सुनसरी।

सुनसरीको धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदीलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ बर्षीया शान्त सुवेदीलाई २५ बर्षीय छोरा सौगात सुवेदीले गत शनिबार धारीलो हतियार बाम्फोकले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए ।
उक्त घटनामा घाईते भएकी सुबेदीलाई तत्काल उपचारको लागी बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागि थप उपचारको लागी विराटनगरको न्यूरो अस्पताल लगिएको थियो ।
उक्त अस्पतालमा समेत उपचार हुन नसक्ने भनेर चिकित्सकको सल्लाह अनुसार घर फिर्ता लैजाने क्रममा मंगलबार दिउँसो ३ बजे बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
घटनामा संग्लग्न रहेका सुबेदीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।































