निर्वाचित जनप्रतिनीधि मतदातासंग खुशियाली बाढ्दै

0
543

उमानाथ भण्डारी,
कमल ।

गत वैशाख ३० गते सम्पन्न स्थानिय तह सदस्य निर्वाचनका विजयी उमेद्वारले मतदाताको घरघरमा पुगेर खुशीयाली बाढ्दै विजयी उत्सव मनाई रहेका छन् । उमेद्वारले विजयी उत्सव मनाउने क्रममा मतदाताको घरघरमै पुगेर धन्यवाद दिदैछन् भने अग्रजहरुबाट शुभकामनाका साथै आशिर्वाद पनि लिईरहेका छन् ।

यसैक्रममा झापाको कमल गाउँपालिकामा निर्वाचित उमेद्वारले निर्वाचन अधिकृतको कार्यालयबाट आफु विजयी भएको प्रमाणपत्र लिएसंगै विजय उत्सवमा सहभागी भएका थिए । हिजो सम्म हामी आ–आफ्नो पार्टीको घोषणा पत्र लिएर पार्टीको झण्डाका साथमा आ–आफ्नो चुनाव चिन्हमा मतदान गर्नुहोस है भन्दै मतदाताको घरघरमा पुग्यौं , अव हामि निर्वाचित भई सकेका छौ अब हामि कुनै एउटा दलको मात्र नभएर सम्पुर्ण कमल बासी जनताको अभिभावक भएका छौ ।

त्यसैले अव अग्रजहरुको सल्लाह सुझाव लिदैं सबै जनाताको भावनालाई बुझेर अगाडी बड्ने कमल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो । कमल गाउँपालिकामा गठबन्धनका तर्फ बाट विजयी उम्द्वारले कमल ५ मंगलवारे बाट विजयी उत्सव सहित र्याली सुरु गरेको थियो । र्यालिले कमल गाउँपालिकाका प्रमुख बजार केर्खा, क्याम्पा, सुनारा, सरङ्गपाडा, सोलमारी, बाँसवारी, समायगढ, गेउरीया, बाह्गरे पाडाजुगी हुदै कमल ५ सिम्ले सम्म पुगेर गठबन्धनका तर्फ बाट निर्वाचित गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्षका उपविजेता पर्शुराम सुवेदी, वडा नम्वर १ का वडा अध्यक्ष केदार कटुवाल, २ का अशोक सुब्बा, ५ का लाल बहादुर विष्ट , वडा सदस्य लगायतको टोलिले मतदाताको घरघरमा पुगेर धन्यवाद दिदैं अग्रजहरु बाट शुभकामना र आशिर्वाद लिनुभएको थियो ।

एकातिर निर्वाचनमा विजयी उमेद्वरले विजय उत्सव मनाई रहँदा अर्को तर्फ तिनै उमेद्वारलाई मतदान गरेर विजयी गराएका मतादाताले जनप्रतिनिधी संग चै कस्तो अपेक्षा गरेका छन् त ?
हरेक पटक जनताले भोट दिएर जनप्रतिनिधीलाई जिताएर पठाउछ्् तर उनिहरुले जनताको भवना कहिलै बुझेन् र यो पटक पनि त्यती ठुलो आशा चै गरेको छैन तर अघिल्लो स्थानिय सरकार भन्दा केहि पृथक हुन्छ की भन्ने लागेको मतदाता ज्ञानेन्द्र आचार्य बताउनुहुन्छ ।

अहिले सम्ममा जनप्रतिनिधीले पुरानै सोच र बिचारका आधारमा काम गरेकाले जनताले त्यसलाई परास्त गर्दै यो पटक युवाहरुलाई नेतृत्व हस्तन्तरण गरेका छन् । अब निर्वाचित जनप्रतिनिधिले सकारात्मक सोच र नविनत्म विचारका साथमा सबैको भावना समेटेर अगाडी बड्न आवश्यक रहेको अर्का मतदाता सन्तोस अधिकारी बताउनुहुन्छ ।

शिक्षा, स्वस्थ्य र रोजगारी जस्ता विषयमा नव निर्वाचित जनप्रतिनिधीले ध्यान दिन अवश्यक छ । युवाहरुकालागी स्वदेशमै केहि गर्न सक्ने वातावरण बनाउने तर्फ जनप्रतिनिधी लाग्न आवश्यक रहेको मतदाता हेम दाहालको भनाई छ ।

पछिल्लो समय देशमा विकास र सम्वृद्धीका को खाँचो छ । यसका लागी बातावरण बनाउने काम जनप्रतिनिधीको यस तर्फ ध्यान दिन आवश्यक छ । साना मसिना कुरा भन्दा पनि दिर्घकालिन योजना तर्फ जनप्रतिनिधीको ध्यानजान आवश्यक रहेको हो कुलचन्द्र आचार्य बताउहुहुन्छ ।

नव निर्वाचित जन प्रतिनिधी संग मतदाताले धेरै अपेक्षा गरेका छन् । कुनै पनि निर्णय गर्दा हचुवा र सस्तो लोकप्रियता भन्दा पनि मतदाताको भावनलाई बुझेर सबैले देख्ने र दिर्घकालिन निर्णय गरेमात्र मतदाताले दिएको मत सहि मुल्य पाउने थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here