विन्ध्यवासिनीमा पुनः मनोज जोशी

0
411

होमप्रकाश अधिकारी,
अर्जुनधारा ।

अर्जुनधारा नगरपालिका वडा नं. ४ को पर्यटकीय स्थलमा अवस्थित विन्ध्यवासिनी शक्तिपीठको व्यवस्थापन समितिमा पुनः मनोज जोशी चयन भएका छन् ।

सातौं साधारणसभा तथा नयाँ समिति गठन कार्यक्रममा जोशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरिएको हो । समितिको उपाध्यक्षद्वय प्रेमबहादुर कार्की मनोरथ शिवाकोटी, सचिव एकदेव खनाल, सहसचिव मणि भण्डारी र कोषाध्यक्ष चिरञ्जिवी शिवाकोटी चयन भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा कुमार राई, पिताम्बर गौतम, टेकबहादुर कार्की डोली, नरमाया खत्री, धनमाया खत्री, गोपाल राउत, सरस्वती दनुवार चयन भएका छन् ।

त्यस्तै समितिका अध्यक्ष मनोज जोशीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अमर कटुवालको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा कृष्ण भट्टराई, कृष्ण पौडेल, खेम काफ्ले, राजन अधिकारी, कुमार राई, उर्मिला कटुवालले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा श्रवण हल घेराबारा, ग्रिल निर्माण, कृष्ण सरोबर कलिया दहन निर्माण गर्ने, शक्तिपीठलाई अर्जुनधारा–४ को प्रमुख तीर्थस्थल घोषित गर्न पहल गर्ने, राधाकृष्ण मन्दिर र यज्ञशाला निर्माण गर्ने साथै मन्दिर परिसरमा पेवल बिछ्याउने लगायतका भावी नीति तथा कार्यक्रमसहितको अध्यक्षको प्रतिवेदन अध्यक्ष जोशीले प्रस्तुत गरेका थिए ।

समितिका उपाध्यक्ष मनोरथ शिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रेमबहादुर कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here