जिल्ला भलिबल संघ इलामको अध्यक्षमा गुरुङ

0
465

विमल दहाल, इलाम ।

जिल्ला भलिबल संघ, इलामको सोमवार सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट प्रविन गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

इलाम नगरपालिकाका मेयर केदार थापाको प्रमुख आतिथ्यमा जिल्ला समन्वय समिति इलामको हलमा सम्पन्न अधिवेशनवाट जिल्ला समितिको उपाध्यक्ष द्वयमा प्रविन राई र प्रकाश दुलाल, महासचिवमा राजिव कडरिया र कोषाध्यक्षमा विपना कार्की चयन हुनुभएको छ।

त्यस्तै सदस्यहरुमा राजकुमार खाती, योगेन्द्र सुवेदी, गणेश खतिवडा, सागर घिमिरे, अशोक तिम्सिना र सिताराम बस्नेत चयन हुनुभएको छ। यस्तै आगामी असार १० गते हुने प्रदेश भलिबल संघ अधिवेशन प्रतिनिधिका लागिद्वय राजकुमार खाती र योगेन्द्र सुवेदीलाई पठाएको वताईएको छ ।

निवर्तमान उपाध्यक्ष राजकुमार खातीको अध्यक्षता, मेयर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रिय सचिव मदन खड्का, प्रदेश नं. १ का महासचिव लेखनाथ शर्मा, इलाम नगर प्रवक्ता नुतनदेव दुलाल, इलाम नगर वडा नं. ८ वडाध्यक्ष दलमान तामाङ लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here