छविराज ढकाल / पथरीशनिश्चरे,

जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. मोरङले आगामी १८ गतेदेखि दुई दिने दोस्रो साकोस गोष्ठी समापन भएको छ। आइतबार पथरीशनिश्चरेस्थित जिल्ला सहकारी संघ लिमिटेड मोरङ्गद्वारा आयोजित दुई दिने गोष्ठी सम्पन्न भएको हो ।
हिजो १८गते देखि सिन मिलेज पार्टी प्यालेस, पथरी शनिश्चरेमा सुरु भएको गोष्ठीमा जिल्ला सहकारी संघमा आवद्ध मोरङका २ ७१ वटा बचत तथा ॠण सहकारी संस्थाहरूले सहभागिता जनाएका थिए । गोष्ठीमा सहकारी अभियानलाई अझै उन्नत र व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले आयोजित उक्त गोष्ठीको अवधारणा पत्र बमोजिम जिल्ला बचत तथा ऋण सहकारी संघले यस वर्ष अन्तर्रराष्ट्रिय सहकारी दिवस (जुलाइ महिनाको पहिलो शनिवार) को अवसरमा हिजो १८ गते गोष्ठीको आयोजना गरिएको थियो।
उक्त गोष्ठीमा जिल्ला भरीका संघका सदस्य संस्था लगायत अन्य सहकारी संस्थाहरूलाई पनि सहभागिताको अवसर दिइएको जनाउँदै यस गोष्ठीबाट सहकारी अभियानलाई अरू उन्नत र व्यवस्थित रूपमा अगाडि बढाउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आशा राखिएको बताइएको थियो ।
सोहि अवसरमा आगामी शुक्रबार र शनिबार हुने उक्त गोष्ठीमा विभिन्न विद्वानका विभिन्न ५ वटा कार्यपत्रहरू प्रस्तुत हुनका साथै सो कार्यपत्र माथि विषयविज्ञहरूले टिप्पणी गर्नुहुने जिल्ला अध्यक्ष एकराज निरौलाले हस्ताक्षर गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

गोष्ठीको दोस्रो दिन आज १९ गते स्थानिय निर्वाचन २०७९ बाट निर्वाचित जिल्ला समन्वय समिती मोरङका प्रमुख अजम्बर राई तथा उपप्रमुख उषा झा सहित १७ वटामध्यें १२वटा पालिकाका प्रमुख तथा उपप्रमुखहरू उपस्थित रहेका थिए।
उनीहरूलाई समापनका अवसरमा आयोजित कार्यक्रममा खादा र माला सहित मायाको चिनो समेत प्रदान गरिएको थियो। सोहि अवसरमा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापो तथा उपप्रमुख देविमाया काफ्ले तथा १० वटै बडाका वडा अध्यक्षहरू लगायतका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको संघका जिल्ला सचिव एकराज निरौलाले जानकारी दिनुभयो। उक्त सम्मान कार्यक्रममा विराटनगर महानगरपालिका, बुढिगंगा , कटहरी,ग्रामथाम , धनपाल लगायतका विभिन्न ५ पालिकाका पदाधिकारीहरुले सहभागिता जनाएका थिएनन्।
गोष्ठीमा प्रस्तुत हुने ५ वटा कार्यपत्रहरु मध्ये हिजो ३ वटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो भने आज २ वटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो। हिजो पहिलो दिन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका महासचिव दामोदर अधिकारीले साकोस सञ्जालिकरण र प्रविधि , सहकारी नियमन र प्रवर्द्धनमा नियामक निकायको भूमिका र सवालका क्षेत्रहरूबारेको कार्यपत्र नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीले प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रीनाथ गुरागाईंले जोखिम न्यूनीकरण एवम् सक्षम सहकारी विकासको आधार विषयक कार्यपत्र पेश गर्नुभएको थियो।
आज आइतबार पूर्व जिल्ला बचत संघ मोरङ्गका पूर्व अध्यक्ष तारा बहादुर काफ्लेले संघीयतामा सहकारी: स्थानीय तहको भुमिका विषयक कार्यपत्र पेश गर्नुभएको थियो। यसैगरी, गोष्ठीमा डा .अर्जुन वरालले पेश गरेको “आर्थिक समृद्धिकाे यात्रामा नेपालकाे सहकारी आन्दोलन” शिर्षकमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सोमनाथ निरौलाको अध्यक्षतामा भएको उक्त गोष्ठी समापनका अवसरमा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष विना राई, कोषाध्यक्ष जीवन बस्नेत, सहकारी कर्मचारी संगठन पथरीशनिश्चरे नगरका अध्यक्ष गणेश वाच्छना राई समेतको उपस्थिति रहेको थियो।






























